सांस्कृतिक संघद्धारा अधिवेशनको समिक्षा
बुटवल, ४ भदौ । नेपाल सांस्कृतिक संघ रुपन्देहीको आज बसेको बैठकले सल्लाहकारहरु मनोनयन गरेको छ । मनोनित सल्लाहकारहरुमा खिमबहादुर हमाल, डिल्लीनारायण पाण्डेय र प्रचण्ड जि.सी. रहनुभएको छ ।
संघका सभापति राधेश्याम राजभण्डारीको अध्यक्षतामा बसेको बैठकले संघको दोस्रो अधिवेशनको समिक्षा गर्दै अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति धन्यवाद समेत व्यक्त गरेको छ ।
बैठकमा बरिष्ठ उपाध्यक्ष खिमानन्द भट्टराई, प्रथम उपाध्यक्ष तुलाराम गुरुङ लगायतले बोल्दै सांस्कृतिक संघका गतिविधिलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने बताउदै नेपाली कला संस्कृतिको संरक्षण, सम्बद्र्धन र उत्थानका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो । बैठकको सञ्चालन सचिव दामोदर बस्यालले गर्नुभएको थियो ।