कांग्रेसको तीज मिलन कार्यक्रम

187

कांग्रेसको तीज मिलन कार्यक्रम

congress teej btl

बुटवल, ४ भदौं । नेपाली कांग्रेस बुटवल वडा न ८ को आयोजनामा बुटवलमा तीजगीत, दर तथा सम्मान कार्यक्रम भएको छ । कांग्रेसले नगरका २२ वटै वडामा यस्ता कार्यक्रम गर्न लागेको हो  ।

वडा नं. ८ का सभापति कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिब रामकृष्ण खाणले दीदिबहिनीलाई तीजको शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल महिला संघका केन्द्रीयसदस्य रिजन श्रेष्ठ, क्षेत्रीय सभापति हरि लम्साल, नगरसभापति खेलराज पाण्डे, महाधिबेशन प्रतिनिधी बालकुमारी भण्डारी, तरुण दलका केन्द्रीय सदस्य चिरञ्जिबी जोशी, बुटवल नगर सचिब ज्योति भण्डारी, योगमाया भट्टराइ, हिराप्रसाद श्रेष्ठ, कला खनाल, कृष्णकला भण्डारी लगायतले बोल्दै तीजलाइ सभ्य र भब्य रुपमा मनाउन आग्रह गरे ।

सो अबसरमा जेष्ठ महिलाहरु टीका कुमारी अर्याल, मन्कुमारी भण्डारी, खेमकुमारी जोशी, तिलकुमारी सारु, युव कुमारी अधिकारी लगायत ९ जनालाई दोसल्ल्ला ओढाएर सम्मान गरिएको थियो ।