बुटवल, ४ भदौ । नेपाली नारीहरुको पर्व हरितालिका तीजको अवसर पारेर नेपाल प्रेस युनियन रुपन्देहीले तीज बिशेष कार्यक्रम गर्ने भएको छ । युनियन रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले यहि भदौको १५ गते बुधबारका दिन तीज विशेष कार्यत्रमm गर्ने निर्णय गरेको हो ।
अघिल्लो वर्षदेखि शुरु गरेको तीज बिशेष कार्यक्रममा नेपाली राजनीतिक परिवर्तनका लागि योगदान पु¥याएका लोकतन्त्रवादी बृद्ध महिलालाई सम्मान गरिने छ भने तीज सांगितिक कार्यक्रम समेत गरिने प्रेस युनियन रुपन्देहीका सचिव कबिन्द्र नेपालले जानकारी दिनुभयो ।
उक्त कार्यक्रम गर्नकालागि उपसभापति रेखा भुसालको संयोजकत्वमा सहसचिव झविन्द्र देवकोटा, कार्यसमिति सदस्य कल्पना तिवारी, कल्पना शर्मा, पार्षद शारदा मल्ल, साधारण सदस्य कमला अर्याल, बिष्णु खत्री, कार्यसमिति सदस्य रमेश अर्याल र दिनेश खड्का सहितको तयारी तथा व्यबस्थापन समिति निर्माण गरिएको छ ।
सभापति बिक्रम खड्काको सभापतित्वमा बसेको बैठकले नेपाल सांस्कृतिक संघ रुपन्देहीको सभापति पदमा युनियनका पूर्व केन्द्रीय परामर्शदाता राधेश्याम राजभण्डारी, वरिष्ठ उपसभापति पदमा सल्लाहकार खिमानन्द भट्टराई तथा कार्यसमिति सदस्यहरु रमेश अर्याल कार्यसमिति सदस्यमा र दिनेश खड्का क्षेत्र नं. ७ को क्षेत्रीय सभापति पदमा निर्वाचित भएको बधाई ज्ञापन गरेको छ ।
त्यस्तैगरी सांस्कृतिक संघद्वारा युनियनका पार्षद यमलाल भुसाल र डिल्लीनारायण पाण्डे सम्मानित हुनु भएकोमा पनि बधाई ज्ञापन गरिएको छ । त्यस्तै युनियन रुपन्देहीका सहसचिव झविन्द्र देवकोटा ईनरह्वील क्लवद्वारा सम्मानित भएको मा पनि बधाई ज्ञापन गरिएको छ ।