महिला मुक्तिका लागि संस्कार र संस्कृति बदल्न सुझाव

269

महिला मुक्तिका लागि संस्कार र संस्कृति बदल्न सुझाव

mukti

बुटवल, ४ भदौं । संस्कार र संस्कृति बदल्न नसक्दासम्म महिला मुक्ति संभव नहुंने आज बुटवलमा आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले महिला मुक्तिका लागि संस्कार र संस्कृतिमा देखिएका विकृतिहरुलाई त्याग्दैं जानुपर्ने खांचो पनि औल्याएका छन् ।

नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी)जिल्ला समिति, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको तीज र महिला आन्दोलन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरामा जोड दिएका हुंन् । कार्यक्रममा बोल्दैं संघकी केन्द्रीय सह–संयोजक अम्बिका मुडभरीले तीज मुठठीभर हुने खानेको भएकोमा चिन्ता व्यक्त गदैं न्याय र महिला अधिकार आन्दोलनको रुपमा तीजलाई लिनुपर्ने बताउंनुभयो । हरेक आन्दोलनमा महिलाको भूमिका महत्वपूर्ण हुंने तर राज्यको निकायमा पुग्दा पहुंच नहुंनु दुःखदायी भएको उहांले गुनासो गर्नुभयो ।

वर्तको नामामा भगवानको पूजा गरेर महिला मुक्ति नहुंने कुरामा जोड दिंदैं मुक्तिका लागि सबै प्रकारका भ्रम चिरेर आन्दोलननैं बिकल्प भएको मुडभरीले बताउंनुभयो । नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य प्रेमसागर पौडेलले तीजले पर्वका नाममा महिला उत्पीडनलाई सस्थागत गरेको भन्दैं तीज मान्नुको अर्थ नरेको बताउंनुभयो ।

अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय सदस्य दिपा सिटौलाले तीज पर्वले ल्याएका विकृति,विसंगतिलाई आन्दोलनमार्फत चिरेर जनताका माझमा जानुपर्ने बताउंनुभयो । विप्लब माओवादी निकट अनेमसंघ क्रान्तिकारी,रुपन्देहीकी अध्यक्ष कल्पना सुवेदीले तीजलाई उत्सव भन्दा पनि महिला मुक्ति आन्दोलनसंग जोडेर मनाउंनुपर्ने बताउंनुभयो ।

संघकी,रुपन्देही संयोजक निमकला पुनमगरको अध्यक्षता, सदस्य कमला गौतमको सञ्चालन तथा शान्ता खनालको स्वागतमा भएको कार्यक्रममा अधिवक्ता ज्ञानु के.सी.ले पनि बोल्नुभएको थियो ।