पोखरेलद्धारा निर्वाचितलाई सम्मान

484

पोखरेलद्धारा निर्वाचितलाई सम्मान

bisnu pokhel

बुटवल, ७ भदौ । नेपाल बिद्यार्थी संघको ११ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई बुटवलमा सम्मान गरिएको छ ।
नेविसंघको काठमाडौंमा सम्पन्न ११ औं महाधिवेशनका सहमहामन्त्रीका प्रत्यासी बिष्णु पोखरेलले आज बुटवलमा महाधिवेशनबाट निर्वाचित प्रदेश नं. ५ का केन्द्रीय उपाध्यक्ष प्रकाश राना, केन्द्रीय सदस्यहरु हरिबोल भट्टराई, लेखनाथ भट्टराई, टंक पाण्डेलाई बुटवलमा सम्मान गर्नु भएको हो ।
कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका पुर्व सभापति रामचन्द्र ढकालले बिजयी पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई बधाई तथा शुभकामना दिँदै संगठनलाई थप सुदृढ र मजवुत बनाउने अभियानमा जुट्न आग्रह गर्नुभयो । उहांले महाधिवेशनपछि गुट उपगुट सुमह भन्दा पनि एक ढिक्का भएर अघी वढ्न सुझाव दिनुभयो ।

नेविसंघका उपाध्यक्ष रानाले कसैले काखा पाखा नगरी नेविसंघलाई सशक्त बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

nsu 1

कार्यक्रमका सहमहामन्त्रीका प्रत्यासी पोखरेलले आफु चुनावमा हारे पनि महाधिवेशन सम्पन्न हुनु समग्र नेविसंघघको जित भएको भन्दै आफुलाई सहयोग पुराउने सबैमा धन्यवाद दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति हरि लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डेय, महासमिति सदस्य राम बहादुर कार्की, वडा नं ११ का सभापति प्रदिप श्रेष्ठ, प्रेस युनियनका जिल्ला अध्यक्ष बिक्रम खड्का, केन्द्रीय सदस्यका प्रत्यासी बिक्रम शेरचन,  मनोज थापा लगायतले  लगायतले शुभकामना मन्तव्य गदै गुट उपगुट भन्दा माथि उठेर पार्टी र संगठनको हितको लागि सहमहामन्त्रीका प्रत्यासी पोखरेलले गरेको स्वागत कार्यक्रम स्रहानिय भएको भन्दै यसले नेविसंघघलाई एकजुट बनाउन थप सहयोग मिल्ने बिचार व्यक्त गर्नु भएको थियो ।

स्वागत केशब पाण्डेयको स्वागतमा भएको कार्यक्रमको संचालन अमृत पाण्डेयले गर्नु भएको थियो ।