बुटवल, ७ भदौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)मध्यपश्चिम स्तरीय प्रशिक्षण भोली बुटवलमा हुंदैंछ ।
पार्टी केन्द्रीय कार्यक्रम अनुसार मध्यपश्चिम संयुक्त राज्य समितिको आयोजना तथा रुपन्देही जिल्ला समितिको व्यवस्थापनमा प्रशिक्षण हुंन लागेको हो । प्रशिक्षणको आवश्यक सम्पूर्ण तयारी पुरा भएको अवधराज्य समिति, इन्चार्ज पे्रमनाथ सुवेदीले जानकारी दिनुभयो ।
प्रशिक्षणमा तमुवान,पूर्वि र पश्चिम मगरांत तथा अवधराज्य समितिका रुपन्देही, कपिलवस्त र नवलपरासी जिल्ला समितिका सदस्यहरु गरि करिव तीन सय जनाको सहभागिता रहने इन्चार्ज सुवेदीले बताउंनुभयो ।
कार्यक्रममा प्रशिक्षण दिनका लागि पार्टीका अध्यक्ष मोहन वैद्य(किरण), अर्का नेता सी.पी.गजुरेल तथा चार राज्य समितिका इन्चार्ज, केन्द्रीय समितिका सदस्यहरु आउंनु हुंने सुवेदीले जानकारी दिनुभयो ।
नेताहरु भोली बिहान १०.०० बजे बुटवल आउंनु हुंने र ११.०० बजेबाट प्रशिक्षण शुरु हुंने रुपन्देहीका संयोजक भुलबहादुर सुनारीले जानकारी दिनुभयो । प्रशिक्षणमा भाग लिनका लागि भोली बिहानसम्म सबैं सहभागिहरु बुटवल आइपुग्ने संयोजक सुनारीले बताउंनुभयो ।