रासायनिक मलको कारखानामा चुहावट

485

रासायनिक मलको कारखानामा चुहावट

चटगाउँ, ७ भदौ । बङ्गलादेशको एक रासायनिक मलको कारखानामा भएको रसायनको चुहावटका कारण २०० जना भन्दा बढी स्थानीय नागरिक विरामी परेका छन् । उनीहरुलाई उक्त रसायनको असरबाट निमोनिया भएको खुलेको अस्पतालले जनाएको छ । उक्त अस्पतालले सो विमार पनि उक्त रसायनका कारण देखिएको पनि जनाएको छ ।

उक्त कारखानाबाट आएको विषाक्त ग्याँसका कारण यस्तो घटना भएको जानकारी चिकित्सकहरुले दिएका छन् । बङ्गलादेशको चटगाउँ नगरमा सो दुर्घटना भएको थियो । जसका कारण गाउलेहरुलाई पनि त्यहाँबाट उद्वार गरी अन्यत्रै लगिएको छ ।

प्रहरीले सा स्थानबाट ग्याँसको कारखाना हटाउन वा सुरक्षित मापदण्ड लागू गर्न उक्त कारखानाका मालिकलाई आदेश दिएको जनाएको छ ।

rasayan

श्रीलङ्कामा पनि विरामी

बङ्गलादेशको एक रासायनिक मल कारखानामा भएको रसायनको चुहावटले श्रीलङ्का पनि असर गरेको बताइएको छ । श्रीलङ्कातर्फ पनि सो चुहावटका कारण ठूलो संख्याका नागरिक विरामी परेका बताइएको छ । जसका कारण अस्पतालमा खचाखच विरामी पुगेका चिकित्सकको भनाई छ ।

यसअघि सो कारखानाबाट निस्केको विषाक्त ग्यासबाट करिब २०० जना भन्दा बढी स्थानीय नागरिक विरामी परी अस्पताल भर्ना गरिएको जानकारी गराइएको थियो । बङ्गलादेशको चटगाउँ नगरमा रहेको रासायनिक मल निर्माण गर्ने एक कारखानाको विषाक्त ग्यास निस्केको जनाइएको थियो ।

सो ग्यासको असर चटगाउको नजिक रहेका श्रीलङ्काली वस्तीहरुमा पनि परेको छ । प्रहरीले सो स्थानबाट कैयौँ व्यक्तिको उद्वार गरी अन्यत्रै लगेका छन् । स्थानीयहरु पनि त्यहाँ बस्न डराएर अन्यत्रै भागेका छन् । रासस÷एएफपी