महरा पाकिस्तान प्रस्थान

228

महरा पाकिस्तान प्रस्थान

mahara 2

काठमाडौँ, ७ भदौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को आठौँ अर्थमन्त्रीस्तरीय बैठकमा भाग लिन उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा पाकिस्तानतर्फ प्रस्थान गर्नुभएको छ ।

उपप्रधानमन्त्री महरा आज राति ९ः३० बजे त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँका प्रेस सल्लाहकार त्रिभुवन पौडेलले जानकारी दिनुभयो । उहाँसँग परराष्ट्र मन्त्रालयका सहसचिव मणि भट्टराई र अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याललगायत सहभागी हुनुहुन्छ ।

यही अगस्त २५ र २६ तारिखमा पाकिस्तानको राजधानी ईस्लामावादमा हुने बैठकमा सहभागी भई उपप्रधानमन्त्री महरा अगस्त २७ तारिख स्वदेश फर्कनुहुने कार्यक्रम छ । बैठकमा क्षेत्रीय व्यापार तथा लगानीका विषयमा छलफल हुने बताइएको छ ।

सार्क मुलुकले अर्थमन्त्रीस्तरीय बैठकमा व्यापार सहजीकरणदेखि ‘साउथ एसियन इकोनोमिक युनियन’ बनाउनेसम्मका विषयमा छलफल हुँदै आएको छ । गत वर्ष नेपालमा भएको साताँैं सार्क अर्थमन्त्रीस्तरीय बैठकका निर्णय कार्यान्वयनको समीक्षा पनि हुने छ ।