विभिन्न वडामा तरुणको अधिवेशन

383

विभिन्न वडामा तरुणको अधिवेशन

tarun dal

बुटवल, १० भदौ । बुटवल वडा नं. १२ मा नेपाल तरुण दलको वार्ड अधिवेशन गरिएको छ । अधिवेशनले प्रदिप मल्लको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिका उपाध्यक्षमा चिन्टु थापा, सचिवमा प्रकाश थापा, कोषाध्यक्षमा रेमश अधिकारी निर्बिरोध निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा आश्मा भण्डारी, बुद्धि गुरुङ, सिमन शाही, प्रकाश गुरुङ् लगायतलाई चयन गरिएको छ ।

अधिवेशनले जिल्ला प्रतिनीधिहरुमा खुलाबाट बिकास महत, समावेशीबाट प्रेमबहादुर राना मगर, महिलाबाट अम्बिका गुरुङ् निर्वाचित हुनु भएको छ । प्रदिप मल्लको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ४ का सभापति हरि लम्सालले नेपाली काँग्रेसको जिवन युवाको हातमा रहेकाले युवाहरु सक्रिय भएर लाग्नुपर्ने बताउनु भयो ।

सो कार्यक्रममा नेपाल तरुण दल रुपन्देहीका उपाध्यक्ष भरत केसी, वार्ड सभापति खड्गबहादुर महत, मुक्ति अधिकारी, ईन्द्रध्वज मल्ल, चिन्टु थापा, बिकास महत लगायतले भनाई राख्नुभएको थियो ।

त्यस्तैगरी शुक्रबार नै सम्पन्न नेपाल तरुण दल बुटवल ९ को अधिवेशनले रमेश शाहीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले खुलाबाट जिल्ला प्रतिनीधिमा होम प्रसाद ढकाल, नगर प्रतिनिधीमा उत्तम मानन्धर र महिलामा सृजना पाण्डे अर्याललाई चयन गरिएको वार्ड सभापति कृष्णप्रसाद ज्ञवालीले बताउनु भयो ।

त्यसैगरी बुटवल १३ मा पनि नेपाल तरुण दलको अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनले नरेशकुमार पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुवास रायमाझी, सचिवमा प्रदिप गौतम, कोषाध्यक्षमा बिकास कार्की र सहसचिवमा सजन भारीलाई चयन गरिएको छ ।

त्यस्तैगरी जिल्ला प्रतिनीधिहरुमा खुलाबाट मनोज कार्की, महिलाबाट शरीता क्षेत्री, समावेसीबाट सुदिप गुरुङ्लाई चयन गरिएको छ ।
अधिवेशनले समितिका कार्यसमिति सदस्यहरुमा रजनी श्रेष्ठ, शुनिल शाही, बब्लु मल्ल, चरामणी पोखरेल, रेन्बो कार्की, श्रीप्रसाद श्रेष्ठ, सुनिल गुरुङ्, आशिष गौतम, केशव पुनलाई चयन गरिएको जिल्ला प्रतिनीधि ओमभद्र गौतमले बताउनु भयो ।

नेपाली काँग्रेस वार्ड सभापति चित्रबहादुर बर्माको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला प्रतिनीधि ओमभद्र गौतम, महाधिवेशन प्रतिनीधि काजिमान श्रेष्ठ, क्षेत्रीय सदस्य हरिश्चन्द्र गौतम, उपसभापति कृष्णबहादुर जिसी, सचिव दुर्गाबहादुर खत्री लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।