बुटवल, १० भदौ । बुटवलको पथ प्रर्दशक बचत तथा क्रण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य दिदीवहिनीहरुलाई दर खुवाएको छ ।
सहकारीमा संगठित ४ सय भन्दा वढि महिला दिदी वहिनीहरुलाई आज एक कार्यक्रमका विचमा शुभकामना सहित साुमुहिक दर खाने कार्यक्रम सम्पन्न गरेको सहकारीले जनाएको छ ।
संस्थाका अध्यक्ष चन्द्रमणि अधिकारीको अध्यक्षता तथा जेष्ठ महिला सदस्य भिम कुमारी श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा कृष्ण थापा, अर्जुर्न कुवंर, संस्थाका सचिव विष्णुृ प्रसाद पोख्रेल, कार्यक्रम संयोजक नन्दमाया राना लगायतले बोल्दै महिला दिदी वहिनीहरुलाई साुमहिक भावनाको अभिबृद्धिका लागि कार्यक्रम गरिएको बताइएको छ । नारीहरुको पर्व हरितालिका तीजका अवसरमा सहकारीले प्रत्येक बर्ष तीज विशेष कार्यक्रम गर्दै आएको छ ।
यस क्षेत्रकै सफल सहकारीका रुपमा रहेको पथ प्रर्दशकले आफ्ना सदस्यहरुलाई शैक्षिक भ्रमण तथा अन्य रचनात्मक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।