बुटवल, ११ भदौ । अर्घाखांचीको खिदिमबाट रुपन्देहीमा आई पेसा, व्यवसाय गरी अस्थायी वा स्थायी बसोवास गर्दै आएकाहरु वीचमा भेटघाट तथा तीज मिलन कार्यक्रम भएको छ ।
रुपन्देहीको शंकरनगरमा रहेको वनबाटिकामा भएको भेलाबाट अर्घाखांची–खिदिम रुपन्देही सम्पर्क समाजको तदर्थ समिति गठन गरिएको छ । समाजको अध्यक्षमा राम प्रसाद पौडेल रहनु भएको छ ।
जसको उपाध्यक्षमा चोप नारायण बञ्जाडे, सचिव रमेश ज्ञवाली, कोषाध्यक्ष कुलचन्द्र गौतम रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा सन्तोष पौडेल, कमलराज बेल्वासे, गंगाबहादुर केसी, किरण ज्ञवाली, बसन्ता अर्याल, शान्ता गौतम, पार्वता गौतम, सागर गौतम र लोकनाथ ज्ञवाली हुनुहुन्छ ।
भेलाले हरिकृष्ण गौतम, पशुपति गौतम, किरण गौतम, धातानन्द भुसाल, कमल अधिकारी, गोपाल पोख्रेल र भागीरथ पोख्रेललाई सल्लाहकारमा चयन गरेको सचिव रमेश ज्ञवालीले जानकारी दिनुभयो । भेला रामप्रसाद गौतमको अध्यक्षतामा भएको थियो ।