संविधान कार्यान्वयन नभए मुलुक असफल : सिंह

438

संविधान कार्यान्वयन नभए मुलुक असफल : सिंह

prakashman singh

काठमाडौँ, ११ भदौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयन नभए मुलुक असफल हुने बताउनुभएको छ ।

सामाजिक विकास समाजले तीज पर्वको अवसरमा आज अनामनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले संविधानका कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो–“राजनीति दल एकजुट नभए अहिलेसम्म भएका उपलब्धि गुम्न सक्ने खतरा छ ।”

पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका सिंहले मुलुकमा धेरै परिवर्तन भए पनि राजनीति दलका मतभिन्नताका कारण चाहेअनुसारको परिवर्तन नभएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले राजनीतिक अस्थिरताका कारण जनतामा निराशा छाएको उल्लेख गर्नुभयो ।

नेता सिंहले राजनीतिलाई स्थायी रुपमा अगाडि बढाई मुलुकमा आर्थिक विकास गर्नु अहिलेको टट्कारो आवश्यकता रहेको बताउनुभयो ।