सहमतीय सरकारको कसरत, कुनदलको आंखा कुन पदमा ?

1.3K

सहमतीय सरकारको कसरत, कुनदलको आंखा कुन पदमा ?

lollकाठमाडौं, असोज :राष्ट्रपति डा रामबरण यादवले सरकार गठनका लागि आह्वान गरेपछि प्रमुख राजनीतिक दलहरुले सहमतीय सरकार निर्माणका विषयमा कसरत सुरु गरेका छन् । आज प्रमुख दलहरुले आन्तरिक छलफल गर्दैछन् । यसअघि भएको सहमति र अबको रणनीतिका विषयमा दलहरुले आन्तरिक छलफल गर्न लागेका हुन् ।

आन्तरिक छलफलपछि प्रमुख तीनदलले बैठक बसेर साझा सहमति गर्नेछन् । विगतमा भएका ‘भद्र सहमति’ मा दरार उत्पन्न नभए संविधान निर्माणमा सहयात्रा गरेका प्रमुख तीन दल काग्रेस, एमाले र एमाओवादीसहितका दलहरु सम्मिलित सरकार बन्नेछ । सहमतिअनुसार सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गर्ने एमाले बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

आन्दोलनरत मधेसी दलहरुसंग पनि वार्ता गरेर सरकारमा सामेल गराउन प्रयास गरिने तीन दलका नेताहरुले बताएका छन् । काँग्रेस एमालेको संयुक्त सरकार बनाउने बेलामा संविधान जारी गर्दासम्म काग्रेस र त्यसपछि एमालेले नेतृत्व लिने आन्तरिक सहमति थियो ।