बुटवल, भदौ । साहित्यलाई समाज परिबर्तनसंग जोडेर अगाडि बढाउनुपर्ने सरोकारवालाले जोड दिएका छन् । उनीहरुले नेपाली भाषा साहित्य र साहित्यका कारण नै नेपालीहरु अरु भन्दा फरक पहिचानका साथ बाच्न सकेको उल्लेख गरे ।
१ सय ५१ औ मोती जयन्ती तथा १ सय २ औ वि.पी जयन्तीको अवसरमा नेपाली लेखक संघ रुपन्देहीद्वारा मणिग्राममा आयोजित साहित्य विर्मश सम्मान तथा रचना वाचन कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाली भाषाको संरक्षणका लागि लेखक,साहित्यकार र पत्रकार लाग्नुपर्ने बताए ।
सो अबसरमा बोल्दै नेपाली कांग्रेसका नेता तथा सांसद अब्दुल रज्जाकले साहित्यले समाजमा रहेका बिकृति र बिसंगतीलाई निवारण गर्ने बताउनुभयो ।उहाले साहित्य समाजको दर्पण भएको हुदा साहित्यलाई संरक्षण र सम्बद्र्धन गर्न साहित्य प्रेमीहरुनै एक भएर लाग्नुपर्ने उल्लेख गर्नुभयो । उहाले राजनीतिक फेरबदल गर्ने कुरामा लेखकहरुको भूमिका अतुलनिय भएको हुदा साहित्यिक लेखनले राष्ट्र निर्माणमा अहम भूमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा रहनुभएका कुमारी कम्युनिटी नर्सिङ कलेज नवलपरासीका प्रिन्सिपल एवंम् समाजसेबी सरस्वती तिमील्सीनाले नेपाली साहित्य भाषा धरापमा परेको बताउदै नेपाली भाषा र साहित्यलाई जोगाउन लागि आन्दोलन गर्नुपर्ने बताउनुभयो ।
संघका अध्यक्ष निर्मल ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष उत्तमकृष्ण मजगैंया, संघका केन्द्रीय सचिव वनमाली निराकार, केन्द्रीय सदस्य सरस्वती बस्याल, अर्का केन्द्रीय सदस्य मर्सिफुल, केन्द्रीय प्रतिनिधि चन्द्रकान्त पराजुली, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद लामिछाने, प्रजातान्त्रिक विचार समाजका रामराज पोखरेल, संघका सल्लाहकार, युवराज कडेंल, जयकिशन अधिकारी, उद्योग बाणिज्य संघ देवदहका महासचिव प्रमोद खनाल, कपिलबस्तुका स्रष्टा समिर सायर, युगिन साहित्य समाजका विष्णु विवश पोखरेल, स्वतन्त्र नेपाल, शेखर बिकल्प लगायतले बोल्दै आ–आफ्ना भनाई राख्नुभएको थियो । कार्यक्रममा लेखक संघको छैठौं अधिवेशनबाट निवार्चित केन्द्रीय उपाध्यक्ष उत्तमकुमार मजगंैया, सचिब वनमाली निराकार, केन्द्रीय सदस्य सरस्वती बस्याल, मोदिनी कुमार केवल, र दामु मर्सिफूललाई कदरपत्र सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा मोतीराम भट्टबारे कवि श्यामप्रसाद न्यौपाने र वि.पीबारे प्रा.डा. बाबुराम ज्ञवालीले चर्चा गर्नुभएको थियो । कार्यक्रममा १२ जिल्लाका लेखक तथा साहित्यकारहरु गरि १ सय ४० जनाको सहभागिता रहेको थियो । सो अबसरमा १५ जना स्रष्टाले रचना बाचन पनि गरेका थिए । कार्यक्रम लेखक संघका रुपन्देहीका उपाध्यक्ष लिलाधर पाण्डेको स्वागत तथा सचिव कपिल ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो ।