जागरणले ग¥यो तीज गीत प्रतियोगिता

1.3K

जागरणले ग¥यो तीज गीत प्रतियोगिता

बुटवल, ११ भदौं । रेडियो जागरण बुटवलले गरेको खुल्ला तीज गीत प्रतियोगितामा एभरेष्ट बोडिङ स्कुल, बुटवल  प्रथम भएको छ ।
उसले १८८.५ अंक ल्याई प्रथम भएको हो । उसले १५ टिमलाई पछि पादैं प्रथम भएको हो । प्रतियोगितामा जागरण दिदिबहिनी समुहले १८०ं.५नम्बर ल्याई दोस्रो र दीप बोडिङले १७९ं.५ अंक ल्याई तेस्रो भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय भएकाले क्रमशः ११ हजार, आठ हजार र पांच हजार नगद र प्रमाण पत्र प्राप्त गरेका छन् । विजयी प्रतियोगिलाई रेडियो जागरणका अध्यक्ष विनोद पहाडीले पुरस्कार तथा प्रमाण पत्र वितरण गर्नुभएको हो । प्रतियोगितामा सोह्र वटा टिमले भाग लिएका थिए ।  बर्षेनी महिला अधिकारसँग जोडेर जागरणले विभिन्न संघसंस्थासँग सहकार्य गरि तीज प्रतियोगिता गर्दै आएको छ ।

महिला हिंसाको अन्त्य, सुरक्षित मातृत्व, बालविवाह, दाईजो प्रथाको अन्त्य, दुर्घटना न्यूनिकरण, एचआईभी एड्स न्यूनिकरण,पाठेघर खस्ने समस्या, मानव अधिकार र जवाफदेहिता शिर्षकमा प्रतियोगिता राखिएको हो । प्रतियोगितामा निर्णायकको भूमिका गायक ओम जीसी, पत्रकार दिपक ज्ञवाली र कलाकार मिना वुढाथोकीले गर्नुभएको थियो ।

यसअघि तीज गीत प्रतियोगिताको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, रेडियोका अध्यक्ष विनोद पाहडी,जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मा, नेपाल राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय, बुटवलका मानव अधिकार अधिकृत कल्पना नेपाल लगायतले सामुहिक नाचेर उद्घाटन गरेका थिए ।

प्रतियोगिता आयोजक समिति संयोजक रिमा बि.सी.को अध्यक्षता, स्टेशन म्यानेजर बिनोद परियारको सञ्चालनमा भएको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, रेडियो जागरणका अध्यक्ष विनोद पहाडी, जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विश्वकर्मा, नेपाल पत्रकार महासंघ, रुपन्देही शाखा अध्यक्ष शेरबहादुर के.सी.,मानव अधिकार आयोगकी अधिकृत कल्पना नेपाल, नेपाल आदिवासी जनजाति महासंघ,रुपन्देहीका उपाध्यक्ष बिमला गुरुङ, शान्ति समाजका केन्द्रीय सचिव गोविन्द खनाल, पश्चिमाञ्चल अपाङ महासंघका अध्यक्ष कल्पना ढकाल, प्रौढ समाज रुपन्देहीका अध्यक्ष तिलकराम पौडेल,नमुना एकीकृतकी ज्ञानु पौडेल लगायतले बोल्नु भएको थियो । सांगेतिक कार्यक्रमको सञ्चालन भने रेडियोका सशि परियार, गोविन्द रसाइली, विरेन्द्र कुंवर,सपन एञ्जील लगायतले भएको थियो ।