वाग्मतीमा ¥याफ्टिङ्ग

187

वाग्मतीमा ¥याफ्टिङ्ग

rafting

काठमाडौँ, ११ भदौ । पुडासैनी मैत्री समाजको नेतृत्वमा संचालन भैरहेको वाग्मती सफाइ अभियानको १३३ श्रृङ्खला तथा १६ औँ जलजात्राको सन्दर्भमा आज बिहान वाग्मती नदीमा ¥याफ्टिङ्ग कार्यक्रमको आयोजना गरियो ।

वाग्मती सफाइ महाअभियानको १७२ र समाजले आयोजना गरेका १३३ औँ श्रृङ्खलाका अवसरमा मुहानदेखि नै वाग्मती सफा राख्न आग्रह गर्दै जोरपाटीस्थित हत्यमोचनघाटदेखि गुह्येश्वरी मन्दिर छेउसम्मको जम्मा ३.५ किमीको दुरीमा ¥याफ्टिङ्ग गरिएको हो । कार्यक्रममा २१ वटा बोटमा १७० जनाले जलविहार गर्नुभएको थियो ।

विभिन्न सांसद, देशका राजदूत, प्रहरी र सेनाका उच्च पदस्थ अधिकारीलगायत ठूलो सङ्ख्यामा स्थानीयको सहभागिता नियमित नदी सफाइ कार्यक्रम समेत गरियो ।