कोटिहवा, १२ भदौ । जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले कोटिहवा रुपन्देहीले सहकारी तीज गीत प्रतियोगिता गरेको छ । सहकारी चेतना फैलाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा १२ वटा जनउत्थान समूहको सहभागिता थियो ।
प्रतियोगितामा सहकारीको सिद्धान्त, मूल्य मान्यता र सहकारी किन भन्ने बारेमा चेतनामूलक सहकारी सम्बन्धि तीज गीत प्रस्तुत गरिएको थियो । प्रतियोगितमा सुनौलो विहानी जनउत्थान समूह सखुवानी प्रथम, जागरण जनउत्थान समूह भलवारी द्वितीय र विन्दबासिनी जनउत्थान समूह तृतीय भएका थिए । प्रतियोगितामा विजेता समूहलाई प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः सात हजार, पांच हजार र तीन हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै संस्थाले पशुपति कलेजमा जनउत्थान पशुपति कलेज पुस्तकालय निर्माणको लागि एक लाख आर्थिक सहयोग, पशुपति कलेज, पशुपति उच्च मा.वि. र टिकुलीगढ उच्च मा.वि.को पुस्तकालयलाई पाँच÷पाँच हजार रुपैया बराबरको पुस्तक सहयोग पनि गरेको छ । त्यसै कार्यक्रममा नेपाल अभिनास अनाथ आश्रमको संरक्षणको लागि नेपाल अभिनास अनाथ आश्रम अक्षयकोषको लागि दश हजार आर्थिक सहयोग र दश हजारको खाद्यान्न पनि हस्तान्तरण गरिएको थियो ।
त्यस्तै यस संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा नियमित रुपमा रक्तदान गर्ने ३४ जना नियमित रक्तदाताहरुलाई पनि सम्मान गरिएको थियो ।कार्यक्रममा डिभिजन सहकारी कार्यालय रुपन्देही प्रमुख नेत्र प्रसाद तिवारीले सहकारीले समाजमाा सहकारी जनचेतना जगाउन गरेको प्रयासकोप्रशंसा गर्नुभयो ।
कार्यवाहक अध्यक्ष गिरी प्रसाद पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेप्mस्कुन संचालक सदस्य तथा बचत तथा ऋण जिल्ला सहकारी संघ रुपन्देही अध्यक्ष कृष्ण नेपाल, रेडियो लुम्बिनीका प्रबन्धक इन्दिरा अर्याल, स्थानीय शान्ति समिति रुपन्देहीका पूर्व अध्यक्ष तथा नमूना एकिकृत विकास परिषदका अध्यक्ष ज्ञानु पौडेल लगायएतले जनउत्थानले गरेको कृयाकलापहरुको प्रशंशा गर्नु भएको थियो ।
यसैबीच सहकारीले यस वर्षको साधारण सभा आगामी असोज ८ गते गर्ने भएको छ । संस्थाले आर्थिक वर्ष २०७२।७३ मा एक करोड दुई लाख ८३ हजार दुई १८ रुपैया शुद्ध बचत (मुनाफा) गरी २० लाख ५६ हजार ६ सय ४३ रुपैया सरकारलाई आयकर बुझाएको छ । हाल यस सहकारीमा सात हजार ६ सय ४९ जना शेयर सदस्यहरु छन ।
जसमा पांच हजार आठ सय ६२ जना महिला सदस्यहरु मात्रै छन् । यसै वर्ष यस सहकारी संस्थाको व्यवस्थापक रनबहादुर थापा नेपालको सहकारी व्यवस्थापकमध्ये उत्कृष्ठ व्यवस्थापकको रुपमा पुरस्कृत हुनु भएको थियो । जनउत्थान सहकारी पश्चिमाञ्चल उत्कृष्ठ सहकारी पुरस्कार र नेपाल स्तरको सफल गुणस्तर प्राप्त सहकारी हो ।