प्रधानमन्त्री बहुमतीय आधारमाः ओली

1.3K

प्रधानमन्त्री बहुमतीय आधारमाः ओली

kp-oli2

काठमाडौं, असोज/नेकपा एमालेका अध्यक्ष केपी ओलीले सहमतीय सरकार गठन हुन नदिन चलेखेल बढेको भन्दै अबको प्रधानमन्त्री बहुमतीय आधारमा चयन हुने बताएका छन्।

राजधानीमा युवा संघको केन्द्रिय कमिटी बैठकको उद्घाटन गर्दै अध्यक्ष ओलीले दलहरुबीच सहमतिको आधारमा सरकार गठन गर्न अधिकतम कोशिश भएपनि सम्भन नदेखिएको बताए।

मुलुकले असोज २४ गतेभित्र प्रधानमन्त्री पाउने उनको भनाई थियो। दलहरुबीच भएको सहमति अनुसार मुलुकले प्रधानमन्त्री पाउने उनले बताए।

‘गत जेठ २४ गते दलहरुबीच १६ बुँदे सहमति हुँदा संविधान निर्माणपछि एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको थियो,’ ओलीले भने, ‘एमालेको काँधमा राष्ट्र निर्माणको जिम्मेवारी आएकाले अब युवासंघले एकताबद्धरुपमा अघि बढ्नुपर्छ।’