अर्घाखाँचीमा जीप दुर्घटना

525

अर्घाखाँचीमा जीप दुर्घटना

अर्घाखांची, १२ भदौ । अर्घाखांचीमा जीप दुर्घटना हुदा नौं जनाएको ज्यान गएको छ । जीप दुर्घटनामा परी छ जना घाइते भएका छन् ।
सन्धिखर्कबाट  प्युठानको बाडकोट जाँदै गरेको लु १ ज ४८७८ नम्बरको जीप  हंसपुर– ५, रतनमारेमा दिउँसो सवा तीनबजेतिर  सडकबाट सात सय मिटर तल खसेको हो।

जीप सडकदेखि सात सय मिटर तल खसेको प्रहरीले बताएको छ । घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको र बाँकी कोही यात्रु भए नभएको बारे प्रहरीले खोजी गरिरहेको प्रहरीले बताएको छ । प्रहरीले जीप चालक यामवहादुर श्रीसलाई नियन्त्रणमा लिएको छ।