बुटवल, १२ भदौं । राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीमगरले सबैका माग संबोधन गर्न संविधान संशोधन होइन पुर्नलेखन गर्नुपर्ने बताउनु भएको छ । उहांले आधारभुत संविधान संशोधन गरेर पुर्नलेखन गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय जनमुक्ति पार्टी संघीय परिषद्को आयोजना तथा लुम्बिनी राज्य परिषद्को व्यवस्थापनमा रुपन्देही जिल्ला पार्टी कार्यालय मंगलापुरमा भएको प्रादेशिक भेला तथा सम्मान कार्यक्रमलाई सम्वोधन गदैं महासचिव सूर्यवंशीले जारी संविधानका राम्रा कुरा राख्ने र नराम्रा कुरालाई फालेर संविधान पुर्नलेखन गर्नुनैं उत्तम विकल्प भएको बताउंनुभयो ।
संविधान संशोधन गर्न कांग्रेस, एमाले र माओवादी केन्द्र तयार नभए त्यसको आयु धेरै नभएको पनि उहांल दावी गर्नुभयो । ६९ वर्षमा नेपालमा सात वटा संविधान आइसके तर सबैका अधिकार सुनिच्चित भएन भन्दैं उहांले जनमुक्ति पार्टीको नेतृत्वमा आठौं संविधान जारी गर्ने चेतावनी दिनुभयो ।
पार्टी छाडेर नयां शक्तिमा पुगेका परशुराम तामाङतर्फ इंगित गदैं उहांले पार्टीलाई ध्वस्त पार्नेहरुसंग सचेत रहन आग्रह गर्नुभयो । पांचौं महाधिवेशन पश्यात बुटवल आउंनुभएका उहांले संविधान कार्यान्वयन र संघीयता लागु गर्ने पक्षमा प्रमुख दलनैं तयार नभएको उहांले आरोप लगाउंनुभयो ।
पार्टीका वरिष्ठ उपाध्यक्ष यमबहादुर थापामगरले पार्टीले उठाएका माग जारी संविधानमा समेटिएपनि त्यो प्रप्र्याप्त नभएको जिकिर गर्नुभयो ।
पार्टीका उपाध्यक्ष होमाया गुरुङको अध्यक्षता, रुपन्देहीका उपाध्यक्ष भैरव थापामगरको सञ्चालन, सदस्य धनी आलेको स्वागतमा भएको कार्यक्रममा महासभा सदस्यहरु डी.बी. गुरुङ, नरबहादुर पुन, लिलबहादुर थापा, बलबहादुर थापा, गौमती पुन, मनबहादुर थापा, निरबहादुर आले, नरबहादुर बमरेल, नरजंग गुरुङ, शेरबहादुर गुरुङ लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा रुपन्देही, कपिलवस्तु र नवलपरासीका ४८ जना महासभा सदस्यहरुलाई सम्मान गरिएको थियो ।