धुम्रपानकै कारण १५ हजार नेपालीको मृत्यु

269

धुम्रपानकै कारण १५ हजार नेपालीको मृत्यु

dhum

हरिश ढकाल/
बुटवल, १२ भदौ । धुमपान मद्यपान त्यागौं, आफ्नो आयु बढाऔं भन्ने मुल नाराका साथ आज बुटवलमा धुम्रपान, मद्यपान, लागु पदार्थ दुव्र्यशन विरुद्धको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । विश्व हिन्दु महासंघ जिल्ला शाखा रुपन्देही र लायन्स क्लव डिष्ट्रिक ३२५ वी २ को संयुक्त आयोजनामा सो कार्यक्रममा बोल्ने बक्ताहरुले धुम्रपान, मद्यपान, लागु पदार्थ दुब्र्यशन नियन्त्रणका लागि सबैको भुमिका महत्वपुर्ण हुने बताएका थिए ।

धुम्रपान र सुर्तिजन्य पदार्थले खाने मान्छे मात्रै होइन सिङ्गो घरपरिवार र समाजमा समेत असर पुराउने हुदा यस्लाई नियन्त्रण गर्न सबैले पहल गर्नुपर्नेमा जोड दिएका थिए । उक्त अन्तक्र्रियामा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले समाज परिवर्तनका लागि आफैबाट कदम चाल्नु पर्ने बताउदै धुम्रपान, मद्यपान र लागु औषध दुब्र्यसनबाट आफु र आफ्ना बालबच्चाहरुलाई टाढा राख्नु पर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रमका प्रमुख बक्ता बरिष्ठ दन्त चिकित्सक डा. प्रकाश बुढाथोकीले नेपालमा सुर्ती र धुम्रपानकै कारण प्रत्येक वर्ष १५ हजार नेपालीको मृत्यु हुने गरेको बताउनुभयो । धुम्रपान, मद्यपान, लागु पदार्थ दुब्र्यशनबाट बर्सेनी सात हजार क्षयरोगका बिरामी तथा २७ हजार अर्वुद रोगी उत्पादन गर्ने गरेको पनि डा. बुढाथोकीले जानकारी गराउनुभयो ।

उहांका अनुसार साथै यसबाट वर्षेनी १० अर्ब रुपैयाँ भन्दा बढी रकम धुँवामा उड्ने गरेको तथ्यांक छ । बरिष्ठ समाजसेवी तथा लायन्स क्लवका एन्टी स्मोकिङ्ग चियरपर्सन गणेशमान सैंजुको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा आध्यात्मिक अभियन्ता चैतन्य कृष्ण महाप्रभु , ओपन स्पेश नेपालका अध्यक्ष फाईजा प्रविन, विश्वहिन्दु महासंघका महासचिव वेनबहादुर पौडेल, नेपाल जेसिशका पूर्व अध्यक्ष अनुपमान सैंजु, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जीवन ओझा, बुटवल उपमहानगरपालिका पूर्व मेयर पुनाराम पोख्रेल, लायन्स क्लवका मनोज ध्वजु, वागमती सरसफाईका अभियन्ता पशुपति न्यौपाने लगाएतले बोल्नु भएको थियो ।