चुनाव नभए सङ्कट : पोखरेल

1.3K

चुनाव नभए सङ्कट : पोखरेल

ishor pokhrel

काठमाडौँ, १३ भदौ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानको कार्यान्वयनका लागि ओली सरकारले तयार गरेको कार्यतालिकाभित्र अहिलेको सरकारले स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताउनुभएको छ । पार्टीको स्कुल विभागले युवा सङ्घ पदाधिकारी तथा केन्द्रीय सदस्यलाई एकसातादेखि सञ्चालन गरेको प्रशिक्षणको समापनमा महासचिव पोखरेलले करिब डेढ वर्षभित्र तीनवटा चुनाव गर्न नसकेमा संविधान कार्यान्वयन हुन नसक्ने र त्यसले देशमा संवैधानिक सङ्कट निम्तिने बताउनुभयो ।

उहाँले ओली सरकारले मुलुकको राष्ट्रियतालाई उँचो पार्ने कार्य गरेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति केन्द्रले राष्ट्रको स्वाधीनतालाई कमजोर बनाउन सरकार ढालेका बताउनुभयो । युवा सङ्घका अध्यक्ष राजीव पहारी, उपाध्यक्ष दिलु पन्त, प्रवक्ता प्रभातविक्रम कटुवाललगायतले यस किसिमको प्रशिक्षणले युवालाई परिपक्व तथा परिस्कृत बनाउने विचार व्यक्त गर्दै समाज निर्माणमा माक्र्सवादी शिक्षालाई समयसापेक्ष ढङ्गले उपयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

तुल्सीलाल स्मृति प्रतिष्ठानमा यही भदौ ७ गतेदेखि सञ्चालन भएको उक्त प्रशिक्षणमा सैद्धान्तिक, दार्शनिक आधार, बहुदलीय जनवाद, माक्र्सवाद, सीप, कला, संस्कृतिलगायत विषयमा प्रशिक्षण दिइएको थियो ।