ड्रोन उडाउने पक्राउ

278

ड्रोन उडाउने पक्राउ

dron

ललितपुर, १३ भदौ । ललितपुर उपमहानगरपालिका–२ सानेपास्थित इन्टरनेसनल क्लब परिसरमा ड्रोन उडाइरहेको अवस्थामा गोकर्णेश्वर नगरपालिका–१३ घर भएका ३१ वर्षीय सगुन शेर्पालाई प्रहरीले आज पक्राउ गरेको छ ।

शेर्पालाई डिजेआई लेखिएको चार पखेटा भएको ड्रोनसहित नियन्त्रणमा लिइएको महनगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो । अभियुक्त शेर्पालाई आवश्यक कारबाहीका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाइएको छ ।