विवाद टुङ्ग्याएर तीनै तहको निर्वाचन : सिंह

447

विवाद टुङ्ग्याएर तीनै तहको निर्वाचन : सिंह

prakash

काठमाडौँ, १३ भदौ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निकायको पुनःसंरचनाबारे दलहरुबीच रहेको विवाद तत्काल टुङ्ग्याएर तीनै तहको निर्वाचनको वातावरण निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ ।

काँग्रेस काठमाडौँ क्षेत्र नंं २ ले आज यहाँ आयोजना गरेको तीज विशेष कार्यक्रममा नेता सिंहले स्थानीय निकायको पुनःसंरचनाबारे विवाद गरिरहँदा तोकिएको समयमै तीनै तहको निर्वाचन गर्न नसकिने बताउनुभयो । दलहरूले आफूलाई जिम्मेवार रुपमा प्रस्तुत गर्ने बेला आएको नेता सिंहको भनाइ थियो ।