युनियनद्वारा जेष्ठ महिला सम्मानित

395

युनियनद्वारा जेष्ठ महिला सम्मानित

union teej

बुटवल, १५ भदौ । नेपाल प्रेस युनियन रुपन्देहीले लोकतन्त्र प्राप्तीको आन्दोलनमा योगदान पु¥याएका जेष्ठ महिलालाई सम्मान गरेको छ ।

नेपाल प्रेस युनियन रुपन्देहीले हरितालिका तीजको अवसर पारेर बुटवलमा गरेको महिला सम्मान तथा तीज मिनल कार्यक्रममा लोकतन्त्र प्राप्तीका लागि भएको लामो आन्दोलनमा अनवरत रुपमा योगदान पु¥याएको भन्दै तिलोत्तमा नगरपालिका वडा नं. १७ निवासी शहिद पत्नी सीता लक्ष्मी न्यौपाने र सिद्धार्थ नगरपालिका भैरहवा निवासी प्रतिभा देवकोटालाई कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो ।

बहुदलीय प्रजातन्त्रका पक्षमा आन्दोलन चलिरहँदा २०४० सालमा भएको सुरजपुरा काण्डमा परि न्यौपानका पति यादवनाथ आलोकको निधन भएको थियो । पतिको निधन पछि पनि लोकतन्त्र प्राप्तीको आन्दोलनबाट उहाँमा कहिल्यै विचलन आएन । त्यस्तै बिद्यार्थी राजनीति देखि नै नेपाल बिद्यार्थी संघको छाता मुनी रही प्रजातान्त्रिक आन्दोलनमा महत्व पूर्ण योगदान पु¥याएकी देवकोटा चेलिबेटी वेचविखन बिरुद्धको अभियानमा समेत सक्रिय हुनुहुन्छ ।

उहाँहरुलाई नेपाल प्रेस युनियनकी केन्द्रीय उपसभापति बाला अधिकारी, नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँण, युनियनका सल्लाहकार तथा नेपाली काँग्रेस क्षेत्र नं. ४ का सभापति हरि लम्सालले सम्मान गर्नुभएको हो । सो कार्यक्रममा बोल्दै युनियनकी केन्द्रीय उपसभापति अधिकारीले लोकतन्त्रलाई बलियो बनाउनकालागि क्रियाशिल प्रेस युनियनले लोकतन्त्रको आन्दोलनमा योगदान गर्नेलाई सम्मान गर्ने काम सकारात्मक भएको भन्दै त्यसको नेतृत्व रुपन्देहीले गरेकोमा आभार प्रकट गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले पार्टीले गर्नुपर्ने काम प्रेस युनियनले गरेको भन्दै आभार व्यक्त गर्नुभयो । त्यस्तै युनियन रुपन्देहीका सल्लाहकार तथा काँग्रेस रुपन्देही क्षेत्र नं. ४ का सभापति हरि लम्सालले तीज संस्कृतिको संरक्षण संगै महिलालाई सम्मान गरेर युनियनले राम्रो काम गरेको उल्लेख गर्नुभयो ।

युनियन रुपन्देहीका सभापति बिक्रम खड्काको सभापतित्वमा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष तथा काँग्रेसका महाधिवेशन प्रतिनीधि काजिमान श्रेष्ठ, युनियन रुपन्देहीका सल्लाहकार रामराज पोखरेल, महाधिवेशन प्रतिनीधि बालकुमारी भण्डारी, नेपाली काँग्रेस जिल्ला सदस्य मायाँ गौतम, महिला संघकी गंगा शाही, सम्माति सीतालक्ष्मी न्यौपाने, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी, डब्लुडब्लु जेकी अध्यक्ष भगवती पाण्डे, सञ्चारिका समुहकी अध्यक्ष अमृता अनमोल लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम उपसभापति रेखा भुसालको स्वागत तथा कल्पना तिवारी र दिनेश खड्काले सञ्चालनमा सम्पन्न थियो ।

सोही अवसरमा नेपाल बिद्यार्थी संघको केन्द्रीय समितिमा प्रदेश नं. ५ बाट निर्वाचित उपसभापति प्रकाश राना र केन्द्रीय सदस्य लेखनाथ भट्टराईलाई पनि सम्मान गरिएको थियो । उक्त कार्यक्रममा कलाकारहरु सेजल शर्मा, रोशनी ज्ञवाली, योगराज पोखरेल, अनुराधा घर्ती, रितु थापा, सितल शर्मा राजेन्द्र पोखरेल, नवराज पाण्डे लगायतले नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

यसैबीच नेपाल प्रेस युनियन रुपन्देहीमा महिला विभाग गठन भएको छ । उपसभापति रेखा भूसालको संयोजकत्वमा महिला विभाग गठन भएको हो । महिला विभागको सहसंयोजकमा मिना ढकाल, सचिवमा कल्पना तिवारी, कोषाध्यक्षमा कल्पना शर्मा र सहसचिवमा कमला अर्याल रहनु भएको छ ।

समितिको सदस्यहरुमा सन्जु पौडेल, सरिना मरासिनी, किस्मती चौधरी, फुलु सुनार, बसन्ती खनाल, सिता बराल, सितल शर्मा, विष्णु खत्री र ईन्दिरा भण्डारी रहनु भएको छ । सो अवसरमा युनियनका केन्द्रीय उपसभाापति बाला अधिकारी, सल्लाहकार खिमानन्द भट्टराई, पुर्व सभापति हरिष ढकाल, कांग्रेस जिल्ला सदस्य माया गौतम लगायतले नव निर्वाचित महिला विभागका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिनुभएको थियो ।