नोबलमा बाल तीज

415

नोबलमा बाल तीज

school 1

खिनु गुरुङ/
कोटिहवा, १५ भदौ । बालबलिकाहरुको अन्र्तनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथमा मंगलबार एक कार्यक्रमका विच नोबल इन्भायरोमेन्ट एकेडेमी कोटिहवामा बाल तीज कार्यक्रम सम्पन्न भएकोछ ।

विद्यालय अन्र्तगत रहेको बाल क्लवको आयोजनामा भएको कार्यक्रमा बालबालिका हरुले नृत्य, गायन, नाटक कविता बाचन गरेका थिए । कार्यक्रममा मणिग्राम स्रोत केन्द्रका विद्यालय निरिक्षक चन्द्रबहादुर कँुवरले विद्यालयमा हुने यस्ता क्रियाकलापले बालबालिकाको प्रतिभा प्रस्फुटन हुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा पशुपती कलेजका प्रमुख जयलाल शर्मा, विद्यालयका प्रिन्सिपल सुन्दर गुरुङ, शिक्षिका बालकुमारी थापा लगाएतले बोल्नु भएको थियो । कार्यक्रममा सोही विद्यालयमा अध्ययनरत किड्स डान्सिङ आइकन छात्रा खुसी रानालाई मोडल बनाई प्रकाशन गरेको कापी पनी विमोचन गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता कक्षा २ मा अध्ययनरत ७ बर्षिय लभसन पन्थी, स्वागत ७ बर्षिय स्मारीका भण्डारी र सञ्चालन कक्षा १ मा अध्ययनरत ६ बर्षिय खुसी राना र ८ बर्षिय सुमा दगामीले गरेका थिए ।

कार्यक्रममा अभिभावकहरुको तीज गायन र नृत्य प्रतियोगिता समेत भएको थियो । गायन तर्फ दुर्गादेवी देवकोटा र नृत्य तर्फ मनिसरा पुन विजय हुनु भएको थियो ।