क्रान्तिकारी माओवादीको प्रदर्शन

250

क्रान्तिकारी माओवादीको प्रदर्शन

बुटवल, १५ भदौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)जिल्ला समिति, रुपन्देहीले आज भैरहवामा प्रदर्शनसहित विरोध सभा सम्पन्न गरेको छ ।

पार्टी केन्द्रीय समितिले घोषणा गरेको संघर्षका कार्यक्रम अन्तरगत पार्टीले आज रुपन्देहीको भैरहवामा विरोध सभा गरेको हो । विरोध सभामा बोल्ने वक्ताहरुले उचित व्यवस्था नगरिकन हटाउंन नहुंनेमा जोड दिएका थिए । उनीहरुले वैज्ञानिक बसोबासको व्यवस्था गरि सुकुम्बासी समस्या समाधान गर्न सरकारसंग आग्रह गरेका थिए ।

कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादी, रुपन्देहीका संयोजक भुलबहादुर  सुनारीमगर, पार्टी नेता टिपु सुल्तान, अखिल नेपाल किसान संघ क्रान्तिकारीका केन्द्रीय सदस्य विनोद मरासिनी, मुजिव अलि लगायतले बोल्नु भएको थियो ।

भैरहवाको बर्मेलीटोलमा रहेको पार्टी जिल्ला कार्यालयबाट ¥याली शुरु भई भैरहवा बजार परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर विरोध सभामा परिणत भएको थियो । सरकारले सुकुम्वासीको उचित व्यवस्थापन नगरिकन डोजर लगाएर उठाउंने, धान खेतीमा डोजर लगाउंने, सुकुम्वासी बस्तीमा आगजनी गर्ने जस्ता कार्य गरेको विरोधमा पार्टीले रुपन्देहीको भैरहवामा विरोध सभा गरेको जनाएको छ  ।

त्यस्तैं पार्टीले भदौं २४ गते बुटवलमा प्रदर्शनसहित विरोध सभा गर्ने जनाएको छ । राष्ट्रिय स्वाधिनताको रक्षा र अपर कर्णालीको विरोधमा बुटवलमा विरोध सभा गर्न लागेको सो पार्टीका नेता प्रेमनाथ सुवेदीले बताउंनुभयो ।