भलवारी जेसीजको तीज दृष्टिविहीन विद्यार्थीहरूसँग

1.3K

भलवारी जेसीजको तीज दृष्टिविहीन विद्यार्थीहरूसँग

भलवारी, १६ भदौ । भलवारी जेसीज रूपन्देहीले यसवर्षको तीज कार्यक्रम दृष्टिविहीन विद्यार्थीहरूसँग मनाएको  छ ।  शान्ति नमूना मा.वि. मणिग्राममा अध्ययनरत २७ जना दृष्टिविहीन विद्यार्थीहरूसँग तीजको दर खाने कार्यक्रम सम्पन्न भएको हो ।

भलवारी जेसीजका अध्यक्ष भेषराज पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष शरद भट्टराई, प्रधानाध्यापक कुलप्रसाद लामिछाने, सहायक प्रधानाध्यापक स्थानेश्वर बस्याल लगायतका शिक्षकहरूको समेत उपस्थिति रहेको थियो ।

जेसीजका कार्यकारिणी उपाध्यक्ष मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले आफूहरूसँग सामाजिक संस्थाले रमाइलो पर्व मनाउँदा हर्षित भएको बताए ।

भलवारी जेसीजका उपाध्यक्ष भगवती पन्थीको संयोजनमा भएको कार्यक्रममा जेसीज पदाधिकारी, विद्यालयका पदाधिकारी,  शिक्षक, कर्मचारी र विद्यार्थीहरूले संयुक्त रूपमा तीजगीत तथा नृत्य प्रस्तुत गर्दै दरखाने कार्यक्रम सम्पन्न भएको थियो ।