स्वर्णिमको साधारणसभा

468

स्वर्णिमको साधारणसभा

बुटवल, १७ भदौं । स्वर्णिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल–७ रुपन्देहीको आठौं साधारणसभा तथा वार्षिकोत्सव आज सम्पन्न भएको छ । साधारण सभामा प्रस्तुत प्रतिबेदन अनुसार कुल शेयर पुँजी ६४ लाख ६० हजार रहेको सो सहकारीले बिगतमा उठ्न बाँकी ऋण लगानी मध्येबाट गत आवमा ३० लाख ३२ हजार ५ सय असुल गर्न सफल भएको छ ।

सो सहकारीले ऋण लगानी गर्दा शेयर सदस्यहरुको धन जमानीबाट मात्र ८० देखि ९० प्रतिशत लगानी गरेको उल्लेख गर्दै लगानी गर्दा बैंक धितो मुल्यांकनको ५० प्रतिशत रकम मात्र लगानी गरेको जनाएको छ । गतबर्ष १३ लाख ६२ हजार भन्दा बढि नोक्सानी ब्यहोरेको सो स्वर्णिम सहकारीले यसबर्ष बित्तिय ब्यबस्थापन सुधार गरि जम्मा ८ लाख ३० हजारमा झार्न सफल भएको छ ।

संस्थाका अध्यक्ष पारु ध्वजूको अध्यक्षता तथा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भीम तुलाचनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको सो कार्यक्रममा बोल्ने बक्ताहरुले स्वर्णिमको आगामी दिनको भविष्य राम्रो रहेको र सहकारीप्रति जनताको विश्वास बढदै गएको बताएका थिए ।
सो अवसरमा अध्यक्ष ध्वजूले विगतमा दिनमा सहकारीमा केही समस्या आए पनि अबका दिनमा स्वर्णिमको भविश्व उज्वल रहेको बताइन् ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठ, मेचीकाली दैनिकका अध्यक्ष होमराज बस्याल, स्वर्णिमका सहकारीका सस्थापक अध्यक्ष देवेन्द्रप्रसाद ध्वजू, दैनिक पत्र दैनिकका प्रधानसम्पादक बालकृष्ण चापागाई, बचत तथा ऋण सहकारी संघका जिल्ला उपाध्यक्ष बसन्तराज ढकाल, संस्थाका सल्लाहकार सावित्रा अर्याल, पवित्रा श्रेष्ठ, सहकारीका सदस्य सरस्वती कु“वर, लक्ष्मी कु“वर, गंगा गुरुङ , प्रेमराज पौडेल, लगायतले बोलेका थिए ।

सञ्चालक सुशीला श्रेष्ठको स्वागत, सल्लाहकार पवित्रा श्रेष्ठको धन्यवाद तथा सञ्चारकर्मी कल्पना तिवारीको सञ्चालनमा कार्यक्रम भएको थियो । सो अवसरमा बार्षिक उत्सवमा रक्तदान गरेकाहरुलाई प्रमाणपत्र, त्यस्तै प्रवेशिका परीक्षा २०७२ मा नेपाल प्रथम हुन सफल बिद्यार्थी समिक्षा सुवेदीलाई पनि सम्मान गरिएको थियो । सो अवसरमा महिलाहरुको महान पर्व तीजको अवसरमा सहभागि शेयर सदस्य तथा अतिथीहरुलाई दर समेत खुवाइएको थियो ।