देउवा भोलि फर्कने

1.3K

देउवा भोलि फर्कने

deuwa

काठमाडौँ, १७ भदौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भोलि शनिबार स्वदेश फर्कनुहुने भएको छ ।

पूर्वप्रधानमन्त्री देउवा शनिबार थाई एयरलाइन्सको उडानबाट अपराह्न १२.३० बजे फर्कने काँग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पेटको पाचनसम्बन्धी समस्याबाट पीडित उहाँ स्वास्थ्योपचारका सिलसिलामा यही भदौ १० गते सिङ्गापुर जानुभएको थियो ।