बुटवल, १७ भदौ । कान्ति उच्च माध्यमिक विद्यालय बुटवल—६ मा तीज गीत प्रतियोगिता—२०७३ तथा कक्षा ११ का बिद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
बिहानी र दिवा समुहमा गरि कक्षा ११ मा करिब ७ सय बिद्यार्थी संख्या रहेको सो विद्यालयमा आयोजित एक समारोहमा उनिहरुलाई स्वागत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण चापागाईले कान्ति उच्च मावि शैक्षिक हवको रुपमा विकसित हुदै गएको जनाउदै लगनशिलता, मेहनत, अनुसाशनले बिद्यार्थीको शैक्षिक भविष्य सफल हुने बताए ,विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीले विद्यालयले विद्यार्थीहरुको समुचित पठनपाठनका लागि सबै प्रकारका विधि र प्रक्रिया अपनाउदै आएको बताएका थिए ।
विद्यालयको आगामी दिन अझै स्तर वृद्धि गर्दै जाने समेत बताएका थिए । सोही अवशरमा विद्यालयले तीजगित प्रतियोगिताको समेतआयोजना गरेको थियो । प्रतियोगितामा समुहगत रुपमा सहभागी विद्यार्थीहरुले समसामायिक देशको अवस्था, देशलाई परेको संकट, भूकम्प, नाकाबन्दि जस्ता विषयमा गीत गाएका थिए ।
सो प्रतियोगितामा कक्षा ११ दिवा समुहमा अध्ययनरत विद्यार्थी प्रथम, शिक्षा समुह कक्षा १२ का विद्यार्थी द्वितिय र व्यवस्थापन संकाय कक्षा १२ अंग्रेजी समुहका विद्यार्थी तृतिय भएका थिए । उत्कृष्ठ विद्यार्थीहरुलाई अध्यक्ष चापागाई र प्राचार्य ज्ञवालीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रम कक्षा १२ व्यवस्थापन समुहका विद्यार्थी केशव खनालको अध्यक्षता र मानविकी समुह कक्षा १२ का विद्यार्थी सुमन भण्डारीको संचालनमा भएको थियो । सो अवसरमा कक्षा ११ मा अध्यनरत सम्पुर्ण विद्यार्थीहरुलाई कक्षा १२ का विद्यार्थीहरुले गरेको स्वागत कार्यक्रममा अध्यक्ष, प्राचार्य, सहायक प्राचार्य एवं बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरु तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुले टिका तथा खादा ओढाएर स्वागत गरेका थिए ।