लुम्बिनीमा जीवन साथी

1.3K

लुम्बिनीमा जीवन साथी

मणिग्राम, १८ भदौ । रेडियो लुम्बिनीको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न भएकोे छ । विभिन्न क्षेत्रका महिला समूहहरुको सहभागितामा जीवनसाथी कस्तो जाती भन्ने विषयमा तीज विशेष कार्यक्रम गरिएको हो ।

तीजको मौलिक संस्कृति जगर्नेका लागि आयोजना गरिएको कार्यक्रममा सहभागीहरुले लैंगिक समानतामा जोड दिंदै तीजगीतमार्फत सन्देश प्रवाह गरेका छन् । कार्यक्रमको उदघाटन गर्दै सांसद एवं प्रगतिशिल कलाकार सिन्धु जलेसाले पछिल्लो समय तीजको मौलिक संस्कृति र परम्परा हराउँदै गएको र आधुनिकतामा नाममा विभिन्न विकृती भित्रिएको भन्दै यस्ता विकृतीविरुद्ध सन्देशमुलक र संस्कृति जोगाउने गीत प्रस्तुत गर्न आग्रह गरिन् ।

तीजविशेष कार्यक्रम प्रतियोगितात्मक रुपमा नभै सबैको समान जित हुनेगरी आयोजना गरिएको रेडियोकी स्टेशन म्यानेज इन्दिरा अर्यालले बताइन् । तिलोत्तमा नगरपालिकाका कार्यकारी अधिकृत टिकाराम ज्ञवालीले रेडियोले गरेको कार्यक्रम प्रशंसनीय भएको बताए ।

रेडियो लुम्बिनी लैंगिक उपसमितिकी संयोजक देवी वाग्लेको अध्यक्षतामा भएको कार्यक्रम समापनका अवसरमा सहभागी सबैलाई सम्मान पत्र र उपहार प्रदान गरिएको थियो । कार्यक्रमकै अवसरमा रेडियोले आयोजना गरेको अनलाइन तीज गीत प्रतियोगितामा प्रथम रुद्रपुरका दिलमाया चौधरी, द्वितीय देवदह खेरेनीकी दुर्गा रुचाल, तृतीय सैनामैनाकी सपना विश्वकर्मा, चौथो पाल्पाकी नम्रता मगर र प्रोत्साहन हुने गुणदेव थापालाई पुरस्कार वितरण गरिएको थियो ।