बुटवल, भदौ । नेपाल निजामति कर्मचारी युनियन (संघ) रुपन्देहीले आज आफ्नो स्थापना दिवश विभिन्न कार्यक्रम गरि मनाएको छ । संस्थाको २७ औं स्थापना दिवशका अवसरमा भैरहवामा रहेको सिदार्थ वालगृहमा खाध्यान्न समाग्री वितरण गरेको छ ।
संस्थाका अध्यक्ष मोहन कुमार नेपालको अध्यक्षता, नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सचिव रामकृष्ण खांणको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि खांणले कर्मचारीहरुले दिवशमा अवसरमा सामाजिक उत्तरदायित्व वहन गरेकोमा खुशी प्रकट गर्नु भयो ।
उहांले यस्ता खालका रचनात्मक कार्यलाई निरन्तरता दिन पनि आग्ह गर्नु भयो । कार्यक्रममा युनियन संघका केन्द्रिय सदस्य कृष्ण प्रसाद तिमिल्सेना,आधिकारीक टे«ेड युनियन रुपन्देहीका उपाध्यक्ष चक्रपाणि पाण्डे, युनियन संघका सहअध्यक्ष युवराज पाण्डे, सदस्य निराजनराज लम्शाल लगायतले बोल्नु भएको थियो ।
सो अवसरमा बालकगृहका संचालक कृष्णमाया गुरुङलाई २ सय केजी चामल,दाल,तेल, भुजा, सर्फ लगायतका समाग्री प्रदान गरिएको संस्थाले जनाएको छ । स्थापना दिवशमा देशैभरी विभिन्न रचनात्मक कार्य भएको पनि सो अवसरमा जानकारी दिईएको छ ।