रेमिट्यान्सले धानिने स्थितीको अन्त्य गर्नुपर्छ : बाणिज्य मन्त्री

486

रेमिट्यान्सले धानिने स्थितीको अन्त्य गर्नुपर्छ : बाणिज्य मन्त्री

bucci 63 agm pic

बुटवल, २० भदौ । नेपाल सरकारका बाणिज्य मन्त्री रोमी गौचन थकालीले फाईनान्सीयल क्राईसिसको स्थानमा देश उभिएको उल्लेख गदै रेमिट्यान्सबाट देश धानिने स्थितीको अन्त्य गर्नुपर्ने बताउनु भएको छ ।

युवाहरु मुलुकबाट पलायन हुनु हाम्रो मात्रै समस्या नभएर रोजगारीकालागि युवा लैजानु रोजगारदाता मुलुकको आवश्यकता पनि भएको उहाँले दावी गर्नुभयो । उहाँले अहिले उनीहरुलाई कामदार चाहिएकाले लगिरहेका र पछि उनीहरुको आवश्यकता पुरा भएपछि फर्काउन पनि सक्छन् भन्दै उहाँले त्यस्तो स्थिती आयोभने मुलुकको अर्थतन्त्र अत्यन्तै जटिल स्थितीमा पुग्ने दावी गर्नुभयो ।

बुटवल उद्योग बाणिज्य संघको ६३ औं साधारण सभालाई आज बुटवलमा सम्बोधन गर्दै रेमिट्यान्सले मुलुक धानिने परिस्थितीको अन्त्य गर्नकालागि मुलुक भित्रै प्रशस्त रोजगारीको सिर्जना गर्न अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो । उत्पादनमुलक उद्योग धन्दामा लगानी बिस्तार गर्नुपर्ने बताउँदै उहाँले सरकारले पनि लगानी कर्तालाई उत्पादनमुलक उद्योगमा लगानी आकर्षित गर्ने रणनीति अँगाडी बढाएको बताउनु भयो ।

उहाँले कोही भारत बिरोधी त कोही चिन बिरोधी बनेर छिमेकीलाई चिढाउने भन्दा पनि छिमेकीलाई राणनीतिक रुपमा प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो । नेपालकालागि व्यापारको दृष्टिकोणले छिमेकी मुलुकहरु भारत र चिन नै प्रयाप्त सम्भावना भएका देश भएकाले दुबै देशसंगको सम्बन्ध समानान्तर रुपमा कसरी अंगाडी बढाउन सकिन्छ त्यसतर्फ लाग्नुपर्ने भनाई राख्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले नीजि क्षेत्रको हैसियत बृद्धिले मात्रै मुलुकको हैसियत बृद्धि हुन सक्ने बताउँदै नीजि क्षेत्रको बिकासमा सरकारले साथ दिनुपर्ने बताउनु भयो । मुलुक भित्रका युवा शक्तिलाई बिदेश पलायन हुनबाट रोक्नकालागि मुलुक भित्रै कसरी रोजगारी सिर्जना गर्न सकिन्छ ? त्यसतर्फ सरकार गम्भिर बन्नुपर्ने बताउनु भयो ।

दश वर्षे सशस्त्र द्वन्द्व, शान्ति प्रकृया, संविधान सभाको निर्वाचन, संविधान निर्माणको समयावधी तथा भुकम्प, संविधान जारी भएपछि त्यसको बिरोधमा भएको तराई आन्दोलन र नाकाबन्दीले जकडीएको मुलुकको अर्थतन्त्रलाई नीजि क्षेत्रले धानेको उल्लेख गर्दै सरकारले नीजि क्षेत्रको बिकासमा खासै चासो नदेखाएको उल्लेख गर्नुभयो । उक्त कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष महेशमान सिंहले उद्योग व्यापारको क्षेत्रमा सरकारले धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै कृषिजन्य निर्यात प्रवद्र्धनकालागि यस क्षेत्रमा अत्याधुनिक प्रयोगशाला स्थापना गर्न सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले रुपन्देही आर्थिक क्षेत्रको हवको रुपमा बिकास हुँदै गएको, पूर्वपश्चिम–उत्तर दक्षिण जोड्ने र्दुइवटा राजमार्ग रहेको तथा हरेक हिसावले सुविधा सम्पन्न रहेकाले रुपन्देहीको बुटवललाई प्रदेश नं. ५ को संघीय राजधानी बनाउन माग गर्नुभयो । उक्त कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्षहरु किशोर प्रधान, शेखर गोल्छा, दिनेश श्रेष्ठ, संघका सल्लाहकार तथा पूर्व अध्यक्ष नवराज श्रेष्ठ, बुटवल उपमहानगर पालिकाका वरिष्ठ अधिकृत विष्णु खनाल, नवलपरासी उद्योग बाणिज्य संघका अध्यक्ष भरत थापा, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव रुद्रहरी कुवँर, संघकी बस्तुगत समितिकी सभापति रेनु श्रेष्ठ लगायतले उद्योग व्यापार क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका थिए ।

सोही अवसरमा मोतिपुर औद्योगिक क्षेत्र स्थापनामा उल्लेखनीय योगदान पु¥याएको भन्दै संघले प्रस्तावित मोतिपुर औद्योगिक क्षेत्र समन्वय समितिका संयोजक तथा संघका पूर्व अध्यक्ष नवराज श्रेष्ठलाई सम्मान गरेको छ । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष खिमबहादुर हमालले धन्यवाद मन्तव्य राख्नुभएको थियो भने सञ्चालन महासचिव हरिप्रसाद अर्यालले गर्नुभएको थियो ।