महेशमान सिंह /
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ कार्यन्वयनको अत्यन्त महत्वपूर्ण समयमा मुलुक उभिएको छ । हामी निजी क्षेत्रले दशकौं देखि आर्थिक मुद्दा र समृद्धि सवै सरकार र राजनैतिक दलहरुको मुख्य एजेण्डा हुनु पर्छ भन्दै आईरहेका छौं । हाल आएर प्राय सवै राजनैतिक दलहरुले अबको प्राथमिक मुद्दा आर्थिक विकास र समृद्धि नै हो भने तापनी राजनैतिक दलहरुको व्यवहारबाट त्यो आभाष हामी निजी क्षेत्र एवं आम जनसमुदायले गर्न पाइरहेका छैनौं ।
अझै पनि उद्योग, वाणिज्य क्षेत्रमा राज्यले सम्बोधन गर्नु पर्ने समस्याहरु ज्यूँका त्युँ छन् । कहालीलाग्दो लोडसेडिङ्ग, आवश्यक न्युनतम पूर्वाधार अभाव, बढ्दो वेरोजगारी श्रम शक्तीको पलायन, नीतिगत अस्थिरताजस्ता समस्याका कारण मुलुकले आर्थिक विकासमा उल्लेखनीय फड्को मार्न सकिरहेको छैन । मुलुकको समग्र आर्थिक सुचाङ्कहरु उत्साहजनक छैन । न्यून आर्थिक वृद्धि, बढ्दो व्यापार घाटा, दोहोरो अंकको मुद्रा स्फितीले मलुकलाई कतातिर लैजाने हो भन्ने विषयलाई संवेदनशिल भएर सोच्न सवै राजनैतिक दलहरुलाई अनुरोध गर्दछु ।
अतः सर्व प्रथम मुलुकलाई राजनैतिक स्थायित्व प्रदान गर्न नेपालको संविधान कार्यन्वयन गर्न संवैधानिक व्यवस्था अनुरुप तोकिएको समयमा नै स्थानीय, प्रदेश एवं केन्द्रिय तहको चुनाव गर्नुका साथै संघीय संरचना कार्यन्वयनका लागि आवश्यक ऐन, नियम, तर्जुमा एवं कार्यन्वयनका लागि नेपाल सरकार एवं सम्पूर्ण राजनैतिक दलहरुलाई अनुरोध गर्दछु । नयाँ औद्योगिक व्यवसाय ऐन, ब्लतष्मगmउष्लन बलम काउन्टरभेलिङ्ग ऐन, नयाँ श्रम ऐन, घर बहाल ऐन लगायत निजी क्षेत्रका प्रत्यक्ष सरोकार राख्ने विधेयकहरु यथासिघ्र पारित गरी कार्यन्वयनका लागि अनुरोध गर्दछु ।
१) हाम्रा छिमेकी मुलुक लगायत नेपाल जस्ता अतिकम विकसीत मुलुकले समेत अन्तराष्ट्रिय व्यापारबाट अर्थतन्त्रमा उल्लेखनीय प्रगती गरेको भए तापनी नेपालको व्यापार घाटा दिनानुदिन बढ्दै गईरहेको परिस्थितीमा विद्यमान बहुपक्षीय, क्षेत्रीय र द्धिपक्षीय व्यापार प्रणालीबाट लाभ लिन निजी क्षेत्रको सहकार्यमा कार्ययोजना तयार गरी कार्यन्वयनका लागि अनुरोध गर्दछु ।
२) यस क्षेत्रबाट निकासी हुने अदुवा, बेमौसमी तरकारी, सुन्तला, जडीबुटी तथा कृषि एवं बनजन्य उपजको निकासी सहजीकरणका लागि रुपन्देहीमा अन्तराष्ट्रिय सुविधा सम्पन्न प्रयोगशाला निमार्णका लागि अनुरोध गर्दछु ।
३) स्थानीय व्यापारको उद्देश्य राखी दर्ता हुन आउने फर्मको लागि व्यापारको प्रकृति हेरी लाग्ने न्यूनतम शुल्क केही व्यवसायहरुको हकमा व्यवहारिक देखिदैन । जस्तै ः– सुनचादीको सामान्य पसल खोल्दा लाग्ने ४० लाखको न्यूनतम पुजी, मोटर गाडीका सामान्य सहायक पार्टसका लागि लाग्ने १० लाख पुजी, सामान्य फेन्सी पसलका लागि लाग्ने १० लाख पुजी आदी । नयाँ व्यवसाय दर्ता गर्न आउने साना व्यवसायीलाई हतोत्साहित नगर्न व्यवसायीलाई वैज्ञानिक र व्यवहारिक रुपमा वर्गिकरण गर्न अनुरोध गर्दै नयाँ व्यवसाय दर्ता शुल्कलाई परिमार्जन गर्न अनुरोध गर्दछु ।
४) उर्जा संकटको कहालीलाग्दो अवस्थाबाट गुज्रिरहेको बर्तमान अवस्थामा हालै नेपाल विद्युत प्राधिकरणले प्रति युनिट चार्जमा २०५ ले मुल्य अभिवृद्धि गरेको साथै ँष्ह अजबचनभ मा ९५ ले मुल्य वृद्धि गरेको छ । जसबाट उद्योगी व्यवसायीहरुको थप लागत बढ्न गएको छ । त्यसैगरी टिओडी मिटरमा ४ महिनाका लागि रात्रीकालिन छुट नदिने साथै विद्युतको फिक्स चार्ज र युनिट चार्ज जोडेर ३५ ट्रान्सफर्मर यिकक का रुपमा शुल्क लिने व्यवस्था व्यवहारीक र वैज्ञानिक छैन । अतः मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको उद्योग कलकारखाना प्रवद्र्धनका लागि नियमित विद्युत आपूर्ति संगै व्यवहारिक रुपमा विद्युत शुल्क निर्धारणका लागि आवश्यक पहल गरिदिनु हुनका लागि प्रमुख अतिथि एवं विशिष्ट अतिथिज्यूलाई अनुरोध गर्दछु ।
मुलुकको समग्र विकासका लागि बुटवल क्षेत्रले खेल्न सक्ने भूमिकाका आधारमा नेपाल सरकार एवं राजनैतिक पार्टीहरुलाई निर्णयका लागि केहि विषयहरु राख्न चाहन्छु र कार्यन्वयनका लागि अनुरोध गर्दछु ।
१. प्रदेश नं. ५ को प्रादेशिक राजधानी रुपन्देही बनाइनु पर्नेः
नेपालको मध्ये भागमा अवस्थित रुपन्देही जिल्लालाई प्रदेश नंं. ५ को प्रादेशिक राजधानी बनाउन धेरै कोणहरुबाट उपयुक्त रहेको हुँदा रुपन्देही जिल्लालाई प्रादेशिक राजधानी बनाउन आवश्यक पहलका लागि प्रमुख अतिथिज्यूहरुलाई अनुरोध गर्दछु । पश्चिम नेपालको प्रवेशद्धार एवं नेपालको मध्य भागमा अवस्थित दुईवटा राष्ट्रिय लोकमार्गले पूर्व पश्चिम र उत्तर दक्षिण छिचोलिएको, सुदृढ सडक, हवाइ यातायातको सुविधा भएको तथा ठुला पूर्वाधार विकासको आयोजनाहरु कार्यन्वयनमा रहेको हुँदा प्रादेशिक राजधानीका लागि आवश्यक भौतिक संरचना तयार भइरहेको र तुलनात्मक रुपमा सवै स्थानहरुमा आवतजावत गर्न सजिलो र सुगम भएकाले प्रादेशिक राजधानी रुपन्देही राखिनु पर्दछ ।
साथै भगवान गौतम बुद्धको जन्मस्थल यसै जिल्लामा पर्ने भएको, चिन र भारत वीच जोड्ने गण्डक कोरिडोरले यही क्षत्रलाई छिचोल्ने हुँदा समग्र मुलुकको आर्थिक विकास र समृद्धिका उल्लेखनिय योगदान पु¥याउन सक्ने सामथ्र्य यस जिल्लाले राख्ने भएको हुँदा प्रादेशिक राजधानी बुटवल राख्नका लागि आवश्यक पहल गर्न प्रमुख अतिथि एवं सवै राजनैतिक दलहरुलाई अनुरोध गर्दछौं ।
२. मोतिपुर औद्योगिक क्षेत्रः
यस क्षेत्रमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही विगत १२ वर्ष देखि निरन्तर प्रयास स्वरुप मोतिपुर क्षेत्रमा नयाँ औद्योगिक क्षेत्र व्यवस्थापनका लागि नेपाल सरकार उद्योग मन्त्रालय, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडबाट प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार २३८ विघा क्षेत्रफलमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न सकिने प्रतिवेदन अनुरुप नै नेपाल सरकारले ७ वटा प्रदेशमा न्यूनतम १००० विघाहा बराबरको एक–एक वटा औद्योगिक क्षेत्रफल बनाउने निर्णय पश्चात मोतिपुर क्षेत्रको ८१७ विघाहा जमीनमा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने मन्त्रि परिषदको निर्णय अनुसार चालु आ.व. को बजेट विनियोजन गरिएको छ ।
उक्त क्षेत्रमा भोगचलनमा रहेको जग्गा बाहेकको क्षेत्रमा औद्योगिक क्षेत्र बनाइनु पर्छ भन्ने हाम्रो धारणा रहेको छ । मोतिपुर औद्योगिक क्षेत्र निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन यथासीघ्र तयार गरी कार्यन्वयनका लागि आवश्यक निर्देशनका लागि अनुरोध गर्दछु ।
३. बुटवल उपमहानगरपालिका सन्तुलित विकासः
बुुटवल मुख्य बजार क्षेत्र संग भौगोलीक हिसावमा निकै कम दुरीमा भए तापनि अझै पनि सर्वसाधारणलाई उपमहानगरपालिका वडा नं. १६ देखी २२ का क्षेत्रहरुबाट बुटवलको मुख्य बजार क्षेत्र सम्म आउन पैतालिस मिनेट देखी १ घण्टा समय लाग्दछ । यातायात तथा पुर्वाधार विकासको अवस्था कमजोर हुदा त्यो क्षेत्रमा लगानीकर्ताहरु जान नसकिरहेको सन्दर्भ एकातिर छ भने अर्कोतर्फ बुटवल वडा नं. १ देखी ४ सम्मको पुरानो बजारलाई गुलजार बनाउन थप पुर्वाधारहरु निर्माण गर्नुपर्ने देखिन्छ ।
अतः तिनाउ नदीको पुर्व पश्चिम फैलीएको बुटवल उपमहानगरपालिकाको दिगो एवं सन्तुलित विकासका लागि बुटवल वडा नं. १ र ५ जोड्ने पक्की पुलको निर्माण कार्य सम्पन्न गर्ने । तिनाउ मुख्य पुलको जोखीम न्युनिकरण एवं मर्मत, सम्भार गर्ने, बुटवल वडा नं. १३ हात्तिसुड र पवित्रनगर नयां पुल निर्माण गर्ने । त्यसैगरी जोगीकुटी मोतीपुर जोड्ने पुल निर्माण गर्ने तथा बुटवल तामनगर र सेमलार क्षेत्रलाई जोड्ने नया पुल निर्माण गरी रिङरोडको निर्माण गर्न सकिएमा लगानीकर्ताहरु यस क्षेत्र तर्फ आकर्षित भइ बुटवल क्षेत्रको सनतुलित एवं दिगो विकास हुने हुदा यस तर्फ बुटवल उप– महानगरपालकाको विशेष ध्यानाकर्षण गराउन चाहन्छु । मोतीपुर र सेमलार क्षेत्रलाई कृषि उत्पादन, संकलन, प्रशोधन एवं निर्यात केन्द्रको अवधारणमा विकास गर्ने गरी योजना तर्जुमाका लागि म बुटवल उपमहानगरपासलका एवं स्थानीय राजनैतिक दलका प्रतिनिधीहरुलाई अनुरोध गर्दछु ।
४. सुकुम्बासी समस्या समाधानः
नेपाल सरकारबाट लगातार चौथो पटक सर्वाेत्कृष्ट बन्न सफल बुटवल उपमहानगरपालिकामा सुकुम्बासी समस्या दिनप्रतिदिन विकराल बन्दै गइरहेको छ । सुकुम्बासी बस्तीमा बस्ने हजारौ नगरबासीहरुको जीवन जोखिममा छ । यसर्थ सुकुम्बासी समस्या समाधानका लागि यथाशीघ्र ठोस निर्णय गरी समस्या समाधानका लागि प्रमुख अतिथिज्यू समक्ष अनुरोध गर्दछु । यसैगरी बुटवल नगर क्षेत्रभित्र दशकौ देखि बस्दै आइरहेका बिटौरी जग्गावालाहरुले अझै पनि आफ्नो जग्गाको लालपूर्जा पाउन नसकिरहेको हुँदा यथाशीघ्र यो समस्या समाधानका लागि आवश्यक पहल गरिदिनु हुन अनुरोध गर्दछु ।
५. लुम्बिनी अञ्चल अस्पतालको स्तरोन्नतिः
यस क्षेत्रकै सबैभन्दा पुरानो अस्पतालहरु मध्येको एक लुम्बिनी अञ्चल अस्पतालको स्तरोन्नतिका लागि संघले विगतदेखि नै प्रयास गर्दै आइरहेको छ । संघकै अग्रसरता र लगानीमा लुम्बिनी अञ्चल अस्पताल परिसर भित्र प्रस्तुती गृहको निर्माण, प्राइभेट क्याविनको निर्माण गरिएको यहाँहरुलाई विदितै छ । लुम्बिनी अञ्चल अस्पतालमा बढ्दो बिरामीहरुको चाप एवं सर्वसाधारणहरुलाई सर्वशुलभ रुपमा गुणस्तरीय सेवा पु¥याउने लुम्बिनी अञ्चल अस्पतालको स्तरोन्नतिका लागि प्रमुख अतिथिज्यूहरुलाई अनुरोध गर्दछु ।
६. नेपाल सरकारको चाुल आ.व.को बजेट तथा कार्यक्रममा उल्लेख भए बमोजिम बुटवलमा त्रिभुवन विश्व विद्यालय अन्तर्गतको शिक्षण अस्पताल निर्माणको यथाशीघ्र कार्यान्वयनका लागि पहल गर्न अथितिज्यूहरुलाई अनुरोध गर्दछु ।
७. बुटवल उपमहानगरपालिकामा दिनानुदिन बढ्दै गइरहेको खानेपानीको अभावको समस्या समाधान गर्न पालना भुम्सादेखि बुटवल सम्मको पाइपलाइन विस्तार गरी खानेपानी व्यवस्थापनका लागि आवश्यक पहल गर्न प्रमुख अतिथिज्यूलाई अनुरोध गर्दछु ।
८. बुटवल उपमहानगरपालिका वडा नं.१ देखि ४ सम्मको क्षेत्रलाई लघु तथा घरेलु पकेट क्षेत्र घोषणा गरी उद्योग प्रवद्र्धनका लागि विशेष प्याकेजका कार्यक्रमहरु ल्याउन पहलका लागि अनुरोध गर्दछु ।
९. कालिगण्डकी डाइभर्सन ः
मुलुकमा खाद्य संकटको वर्तमान अवस्थालाइ निवारण गर्न, बढ्दो कृषि उपजको आयातलाई प्रतिस्थापन गरी आत्मनिर्भर हुन कृषि क्षेत्रको व्यवसायीकरण एवं आधुनिकीकरण अपरिहार्य छ । अझै पनि सिंचाईका लागि मौसमी वर्षामा भर पर्नु पर्ने हाम्रो कृषि प्रणाली रहेको अवस्थामा तराईका उर्वर फाटहरुमा बाह्रै महिना सिंचाई सुविधा पुर्याउन सकिएमा कृषि क्षेत्रको उत्पादन एवं उत्पादकत्व अभिवृद्धि हुने, कृषिमा आधारित उद्योगहरु विस्तार भई रोजगारका अवसरहरु सृजना हुने हुँदा कालिगण्डकी डाईभर्सन परियोजना कार्यान्वयनमा ल्याइनु जरुरी छ ।
त्यसैगरी सो परियोजनाबाट थप विद्युत उत्पादन गरी आवश्यक विद्युतको आपूर्ती हुनुका साथै तिनाउ नदीको बहुआयामिक उपयोग गरी आर्थिक गतिविधीहरु बढाउन सकिन्ने हुँदा कालिगण्डी डाईभर्सन परियोजनालाई विस्तृत अध्ययन प्रतिवेदनका लागि नेपाल सरकारको आर्थिक वर्ष २०७२।०७३ को नीति तथा कार्यक्रममा समावेश गरिएको हुदा यथासमयमा कार्यन्वयनका लागि विशेष पहलका लागि प्रमुख अतिथिज्यूलाई अनुरोध गर्दछु ।
१०. सिद्धार्थ लोक मार्गको स्तर उन्नति
नेपालकोे लाइफ लाइनका रुपमा रहेको सिद्धार्थ लोकमार्गको स्तर उन्नतिका लागि संघले निकै अघि देखी पैरवी गर्दै आइरहेको सबैलार्ई विदितै छ । हाल नेपाल सरकारले नेपालका चारवटा राष्ट्रिय लोकमार्गलाई स्तर उन्नति गरी चारलेनको बनाउने योजना ल्याएको छ तर त्यसमा सिद्धार्थ लोकमार्ग पर्न नसक्नु अति दुःखको कुरा हो । सिद्धार्थ लोकमार्ग पश्चिम नेपाल र खासगरी लुम्बिनी, गण्डकी र धौलागिरी विकास क्षेत्रका लाइफ लाइन मात्र नभएर नेपालको स्थल मार्ग भएर सबैभन्दा बढी पर्यटक आउने सुनौली नाकालाई नेपालको मनोरम पर्यटकिय स्थलहरु – मुक्तिनाथ, दोरपाटन, पोखरा, शिरुवारी, तानसेन आदि स्थानलाई बुटवल संग जोड्ने अति नै महत्व बोकेको राष्ट्रिय राजमार्ग हो ।
सिद्धार्थ लोकमार्गलाई स्तर उन्नति गरी चारलेनको बनाउन सकिएमा अहिले सुनौली नाका भएर नेपालमा प्रवेश गर्ने पर्यटकहरुको संख्या चार गुणा बनाउन सकिने तथा लुम्बिनीमा आउने पर्यटकहरुको वसाई अवधी पनि बढाउन सकिने हुदा यसलाई विशेष प्राथमिकतामा राखि स्तर उन्नतिका लागि आवश्यक पहल गर्न प्रमुख अतिथिज्यूलाई अनुरोध गर्न चाहन्छु ।
११.अन्तराष्ट्रिय सम्मेलन केन्द्र ः
भगवान गौतम बुद्धको जन्मस्थल रहेको पावन भूमि रुपन्देही जिल्लाको बुटवलमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र स्थापनाका लागि नेपाल सरकारकको विगतका बजेट, नीति तथा कार्यक्रममा उल्लेख गरे तापनि सो परियोजना कार्यान्वयनको स्तरमा अझै जान सकेको छैन । बुटवल क्षेत्रको स्थानिय एवं क्षेत्रिय आवश्यकता, अन्तराष्ट्रिय सम्मेलन केन्द्रका लागि आवश्यक जग्गाको उपलब्धता एवं अन्य पूर्वाधार विकासको अवस्था तथा अन्तराष्ट्रिय पर्यटकिय स्थल लुम्बिनीलाई प्रवद्र्धन गर्ने उद्देश्यले बुटवलमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र स्थापनाका लागि विगत देखि नै पहल गर्दै आइरहेकोमा निर्माण कार्यलाई गती लिन नसकिरहेको हुदा सम्बन्धित निकायमा पहलका लागि अनुरोध गर्दछु ।
१२. रोडा ढुङगा उद्योग व्यवसाय सञ्चालन ं
रोडा ढुृङगा उद्योग व्यवसाय सञ्चालनका लागि विभिन्न १४ जिल्लामा रहेका खानीहरुको पहिचान गरी त्यस क्षेत्रमा क्रेसर उद्योगहरुलाई स्थानान्तरण गर्ने नीति लिए तापनि पूर्वाधारको अभावमा लामो समयदेखि यो कार्यन्वयनमा आउन सकिरहेको छैन । अहिले रुपन्देही जिल्लाका सवै क्रेसर उद्योगहरु बन्द हुँदा त्यसले निर्माण कार्यमा प्रतिकुल असर पारिरहेको छ । अतः वैज्ञानिक र प्रभावकारी अनुगमन मुल्याङकनको आधारमा प्रतिकुल वातावरणिय प्रभाव नपर्ने गरी तत्कालका लागि रोडा ढुङ्गा उद्योग सञ्चालनका लागि आवश्यक पहल गरिदिनु हुन प्रमुख अतिथिज्यूलाई अनुरोध गर्दछु ।
१३. सिमापारी गई सामान खरिद गर्ने प्रक्रियालाइृ निरुत्साहित गरी स्थानीय बजारलाई प्रवद्र्धन गर्न रु. १०० भन्दा बढीको सामान सीमापारीबाट खरिद गरी नेपाल ल्याउदा अनिवार्य रुपमा प्रज्ञापन पत्र भरी भन्सार गरी ल्याउनु पर्ने व्यवस्था पहल गर्नका लागि अनुरोध गर्दछु ।
१४. शुसासन कायम गर्न एवं सेवा प्रभावकारिताको लागि नेपाल सरकारका केही निकायहरुबाट ई–सेवाहरु शुरु गरिए तापनि प्रक्रियागत जटिलताहरुबाट उद्योगी व्यवसायीहरुलाई कठिनाई परिरहेको छ । कम्पनी रजिष्ट्रेशन, प्रशासन सम्बन्धि कार्य, व्यवसाय दर्ता तथा नविकरण एवं कर दाखिला सम्बन्धि कार्यहरुलाई सूचना प्रविधि मैत्री बनाउन आवश्यक पहलका लागि अनुरोध गर्दछु ।
नेपालको संघीय संरचनाको एक मात्र प्रतिनिधीमूलक सस्था नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनको तयारीमा हामी छौ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान संगै वरिष्ठ उपाध्यक्षको पदमा सबै साधारण सदस्यहरुको प्रत्यक्ष मतबाट निर्वाचित हुने प्रावधान राख्नका लागि म विद्यान शंसोधन समितिका संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष श्री चण्डीराज ढकालज्यू एवं सम्पूर्ण पदाधिकारीहरुलाई अनुरोध गर्दछु ।
मैले संघ र व्यवसायिहरुका हक हितका लागि आफ्नो बृद्धि र समयलाई इमान्दारिताका साथ अर्पण गरेको छु । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको संस्थागत विकास र यस क्षेत्रको दिगो आर्थिक विकासका लागि संघको अग्रसरता एवं पहलमा केहि परियोजनाहरु अगाडी बढीरहेको अनुरोध गर्दै यी परियोजनालाई चाडै नै सम्पन्न गर्ने लक्ष्य लिएका छौं । उद्योगी व्यवसायीहरुको क्षमता अभिवृद्धि गरी समयसापेक्षिक रुपमा आधुनिकीकरणमा सहयोग पु¥याउने उद्देश्यले विजनेश इननोभेसन सेन्टर स्थापनाका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गरी सम्बन्धित निकायहरुमा पहल भईरहेको छ ।
उर्जा दक्षता एकाईको क्षमता अभिवृद्धिका राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तर सम्म सञ्जाल विस्तार गरी आपसी सहयोग र अनुभव आदानप्रदान गर्ने कार्य भईरहेको छ । एक गाउँ एक उत्पादन अन्तर्गत निरन्तर तीन वर्ष देखी बुटवल उप–महानगरपालिका वडा नं. १६ देखि २२ सम्म डेरी व्यवसाय प्रवद्र्धन सम्बन्धि कार्य भईरहेको छ भने यहि आर्थिक वर्ष देखि एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत खाद्यान्न प्रशोधन उद्योग निर्माण एवं सन्चालनका लागि व्यवसायिक व्यवसायिक योजना तयार हुदैछ । यसै आर्थिक वर्षबाट एक जिल्ला एक उत्पादन कार्यक्रम कार्यन्वयनमा ल्याइने कार्यक्रम रहेको छ । त्यसैगरी २०७३ पुस ८ देखि २२ गते सम्म ‘औद्योगिक व्यापार मेला’ को आयोजना गर्न लागिरहेको अनुरोध गर्दछौं । संघबाट तयार गरिएको अल्पकालिन एवं दिर्घकालिन योजना अनुरुप भावी कार्यक्रमहरु अघि बढ्दै गईरहेको अनुरोध गर्दछौं ।
संघलाई आजको अवस्थामा पु¥याउने हाम्रा अग्रज, सदा मार्गदर्शन गर्नुहुने संघका सल्लाहकारज्यूहरु, भू.पू. अध्यक्षज्यूहरु, निवर्तमान अध्यक्षज्यू साथै सहयोग गर्ने बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका पदाधिकारी, कार्यसमिति सदस्यज्यूहरु एवं बस्तुगत समितिका सभापतिज्यूहरु एवं संघका कर्मचारीहरुलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछु । त्यसैगरी संघको संस्थागत उद्देश्य, लक्ष्य प्राप्ति एवं शाख अभिवृद्धिमा निरन्तर सहयोग गर्नु हुने हाम्रो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र त्यसअन्तर्गतका ऊर्जा दक्षता केन्द्र, कृषि उद्यम केन्द्र, रोजगारदाता परिषद, उद्योग वाणिज्य परिषदप्रति हार्दिक आभार व्यक्त गर्दछु ।
त्यसै गरी घरेलु तथा साना उद्योग विभाग, उद्योग विभाग, वाणिज्य विभाग, कृषि विभाग, पशु विभाग, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम, पशुपन्छी बजार प्रवद्धन निर्देशनालय, पशु उत्पादन निर्देशनालय, सामुदायिक पशु विकाश आयोजना, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, सीटीभिटी, नेपाल पर्यटन बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय काठमाण्डौ, जिआईजेड निप, जिआईजेड इन्क्ल्युड कार्यक्रम, बहुसरोकारवाल वन कार्यक्रम÷रिम्स नेपाल, नेपाल सर्टिफाइङ्ग कम्पनी काठमाण्डौ, सेज काठमाण्डौ, हेल्भेटास नेपाल इम्प्लावमेन्ट फन्ड लाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछु ।
त्यसैगरी रुपन्देही जिल्लाको समग्र विकासका लागि हामिलाइ निरन्तर रुपमा सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देही, सुरक्षा निकाय, जिल्ला विकास समिति रुपन्देही, बुटवल उपमहानगरपालिका, आन्तरिक राजश्व कार्यालय, क्षेत्रिय राजश्व अनुसन्धान कार्यालय बुटवल, भन्सार कार्यालय बेलहिया, घरेलु तथा साना उद्योग कार्यालय रुपन्देही, बाणिज्य कार्यालय रुपन्देही, जिल्ला कृषि विकास कार्यालय रुपन्देही, स्थानिय संघ संस्था तथा क्लवहरु, गैर सरकारी निकाय बाट प्राप्त सहयोग प्रति आभार व्यक्त गर्न चाहान्छु । जिल्लाको आर्थिक विकासका लागि सधै एउटै मञ्चमा रही सहयोग गर्नु हुने राजनैतिक दलका नेताहरु बाट निरन्तर रुपमा सहयोग प्राप्त भइरहेको छ त्यसका लागि सम्पुर्ण राजनैतिक दलहरु प्रति विशेष आभार व्यक्त गर्दछु । हामीले उठाएका आर्थिक मुद्धाहरु एवं संघका गतिविधिहरुलाई सरोकारवाला एवं जनसमुदाय समक्ष उजागर गरी हामीलाई सहयोग गर्नु हुने सञ्चारकर्मी साथीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । (बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको ६३औं वार्षिक साधारण सभामा संघका अध्यक्ष महेशमान सिंहद्वारा प्रस्तुत)