ई–रिक्सा चालक कारवाहीमा

1.3K

ई–रिक्सा चालक कारवाहीमा

electric-rickshaw

सादा पोशाकमा प्रहरीले गस्ती गर्दै
बुटवल, २१ भदौ । सवारी चालक अनुमति पत्र नभएका तथा क्षमता भन्दा बढी यात्रु बोकेका ई–रिक्सालाई प्रहरीले कारवाही गरेको छ ।

सवारी चेकजाँचको क्रममा प्रहरीले बुटवल आसपासका क्षेत्रबाट ५९ वटा ई–रिक्सालाई नियन्त्रणमा लिएर चालकलाई कारवाही गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक मुकुन्द मरासीनीले जानकारी दिनुभयो ।

ऐन नियम विपरित बिना लाईसेन्स क्षमता भन्दा बढी यात्रु राखेर सवारी चलाएकाले कारवाहीका लागि यातायात व्यबस्था कार्यालय बुटवलमा पठाएको उहाँले बताउनु भयो । सहज आवतजावतको व्यबस्था मिलाउनकालागि यस प्रकारका चेकजाँचलाई निरन्तरता दिएर अझै बढी कडाईका साथ कारवाही गरिने ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

त्यस्तै प्रहरीले चाड पर्वलाई लक्षित गरी सादा पोशाकमा प्रहरी गस्ती खटाउने तयारी गरेको छ । नेपालमा मनाईने मुख्य पर्वहरु नजिकिँदै गर्दा प्रहरीले चोरी डकैती लगायतका घटना हुन नदिनकालागि आफ्नो कार्यक्षेत्रमा पर्ने पुर्वपश्चिम राजमार्गको पूर्वमा देवदह देखि पश्चिममा रुद्रपुर सम्ममा सादा पोशाकमा प्रहरी परिचालन गर्न लागिएको प्रनाउ मरासीनीले बताउनु भयो ।

उहाँका अनुसार चाडबाडको समयमा चोरी डकैतीका घटना बढ्न सक्ने भएकाले ईलाका प्रहरी कार्यालय बुटवलले तीन वटा समुह बनाएर प्रहरी गस्ती परिचालन गर्न लागेको हो ।