नाई संघद्वारा रक्तदान

1.2K

नाई संघद्वारा रक्तदान

Blood-Logo

बुटवल, २२ भदौ । रक्तदान नै जीवनदान हो भन्ने मुल नारालाई आत्मसात गर्दै नेपाल नाई संघ रुपन्देही जिल्ला कार्यसमितिको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला अध्यक्ष सफातुल्ला खाँनको सभापतित्वमा एवं नेपाली काँगे्रस जिल्ला सचिव रामकृष्ण खाँणको प्रमुख आतिथ्यतामा भएको सो रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए ।

रक्तसंचार केन्द्र बुटवलमा भएको सो कार्यक्रममा प्रमुख अतिथी खाँणले नाई संघले आफ्नो पेशागत सुरक्षा र ब्यबसायिक हकहित संरक्षण एव.अधिकार प्राप्तीका लागि संगठित भै उल्लेखनिय कार्य गरेकोमा प्रशंसा गर्दै सामाजिक सेवा पनि अग्रसर भएकोमा सराहना ब्यक्त गर्नु भयो ।
कार्यक्रम संयोजक उमेश ठाकुरको स्वागत मन्तब्यबाट शुरु भएको सो कार्यक्रममा  नेपाल टे«ड युनियन काँगे्रसका केन्द्रीय सदस्य प्रकाश पाठक, नेपाल यातायात संघका क्षेत्रीय अध्यक्ष कृष्णप्रसाद बेलबासे, नेपाल ब्यूटिसियन संघका केन्द्रीय उपाध्यक्ष शान्ता शर्मा, नेपाल नियमित रक्तदाता संघका अध्यक्ष कृष्ण चौहान, बरिष्ठ पत्रकारहरु खिमानन्द भट्टराई, हरिश ढकाल, नाई संघका नवलपरासी जिल्ला अध्यक्ष बिरेन्द्र ठाकुर, अशोक ठाकुर, चुन्नीलाल ठाकुर, बिनोद ठाकुर, राममिलन ठाकुर लगाएतले रक्तदानको महत्व र यसको प्रभाव बारे चर्चा गरेका थिए ।