सूचना माग्ने प्रबृतिको बिकास गरौं : आयुक्त पोखरेल

1.3K

सूचना माग्ने प्रबृतिको बिकास गरौं : आयुक्त पोखरेल

lumbini post

बुटवल, २२ भदौ । राष्ट्रिय सूचना आयोगका आयुक्त किरण पोखरेलले सार्वजनिक सरोकारका बिषयमा सूचना माग्ने प्रबृत्तिको बिकास गर्न आग्रह गर्नुभएको छ ।

उहाँले सूचना माग गर्ने प्रबृत्तिको बिकास भयो भने लोकतन्त्र पनि मजबुद हुने र भ्रष्टाचार तथा अनियमितता पनि रोक्न सकिने विश्वास व्यक्त गर्नुभयो । ‘लोकतन्त्रलाई सुदृढ गर्ने पहिलो आवश्यकता हो ।’ उहाँले भन्नुभयो–‘त्यसकालागि सूचना माग गर्ने प्रबृत्तिको बिकास गर्नुपर्छ ।’

लुम्बिनी मिडिया हाउसद्वारा प्रकाशित लुम्बिनी पोष्टको बुधबार भैरहवामा भएको प्रथम बार्षिकोत्सव कार्यक्रममा बोल्दै आयुक्त पोखरेलले सूचनाको हक सम्बन्धि ऐन २०६४ को प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको हो ।

सबै कुरा जान्न पाउनु पर्ने मौलिक हकको रुपमा सूचनाको हक स्थापित भएको बताउँदै पारदर्शीता, जवाफदेहिता, सुशासनकालागि सूचनाको हक अति नै महत्वपूर्ण रहेको दावी गर्नुभयो ।

उक्त कार्यक्रममा पत्रिकाका अध्यक्ष कमल ढकालले पत्रिकालाई आगामी दिनमा अझै स्तरीय बनाउने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेरबहादुर केसी, सल्लाहकार रामराज पोखरेल, प्रेस क्लव भैरहवाका अध्यक्ष माधव ढुङ्गाना लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा पत्रिकालाई सहयोग पु¥याउनेहरुलाई सम्मान समेत गरिएको थियो ।