नयां संविधानले अधिकार नदिएको आरोप

429

नयां संविधानले अधिकार नदिएको आरोप

msssबुटवल,असोज । संघीय गणतान्त्रिक जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष एम.एस.थापामगरले असोज ३ गते जारी भएको संविधान तीन दलीय दस्तावेज भएकाले कसैको अधिकार सुनिश्चित नभएको दावी गर्नुभएको छ ।
उहांले जारी संविधान सबैको सहमतीय दस्तावेज हुंनुपर्नेमा तीन दलीय दस्तावेज हुंन गएको टिप्पणी गर्नुभयो । आदिवासी जनजाति पत्रकार मञ्च,नेपाल,रुपन्देहीले आज बिहान बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दैं अध्यक्ष थापामगरले उक्त दावी गर्नुभएको हो । उहांले कोत पर्व गरेर जंगबहादुर राणाको उदय भएको स्मरण गदैं अहिले नेपालमा अर्काे जंगबहादुर जन्मेर असोज ३ गते कोत पर्व गरेको (जनविरोधी संविधान ल्याएको )व्यङयग गर्नुभयो । पूर्व मन्त्री समेत रहनुभएका उहांले प्रमुख तीन दल र सरकारले संविधान जारी गरेर नेपाली जनतामा विभाजन ल्याएको आरोप लगाउंनुभयो ।
पार्टीका वरिष्ठ सहअध्यक्ष परशुराम तामाङले प्रमुख तीन दलतर्फ ईङगित गदैं परम्परागत राजनैतिक दलले नेपाली जनताको समस्या हल गर्न नसक्ने भएकाले नयां सक्तिको खांचो औल्याउंनु भयो । संघीयतालाई असफल पार्न संविधान आएको भन्दैं उहांले काम एकात्मक नाम मात्रैं संघीयता भएको टिप्पणी गर्नुभयो ।
अक्षम शासककैं कारणले मुलुक मगन्टे भएको दावी गदैं उहांले अधिकार माग्दा पनि भिक्षा माग्दा जस्तो गर्नु परेको गुनासो गर्नुभयो ।
आदिवासी जनजाति,दलित,मधेशी,महिला,मुश्लिम लगायत सदियौं देखि विभेदमा पारिएका जाति,समुदायको हित विपरित संविधान आएकाले आफ्नो पार्टीले जारी संविधान नमान्ने सहअध्यक्ष तामाङले चेतावनी दिनुभयो ।
कार्यक्रम मञ्चका अध्यक्ष टेकबहादुर मास्कीरानाको अध्यक्षता र पत्रकार सनु थापामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।