क्रान्तिकारी माओवादीले सभा गदै

402

क्रान्तिकारी माओवादीले सभा गदै

बुटवल, २२ भदौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)जिल्ला समिति,रुपन्देहीले भदौं २४ गते बुटवलमा गर्न लागेको सभामा जनसहभागिता गर्नका लागि सात वटैं क्षेत्रका लागि जिल्ला नेताहरुलाई जिम्मेबारी तोकिएको छ ।

जस अनुसार रुपन्देही क्षेत्र नं १ का लागि बिरबहादुर गुरुङ, २ का लागि आरपी शर्मा, ३ का लागि राजु भुजेल, ४ का लागि बिनोद मरासनी, ५ का लागि के.जी.कुमार पौडेल, ६ का लागि टिपु सुल्तान र ७ का लागि हकि कुल्लाह खांलाई जिम्मेबारी दिइएको हो ।

पार्टी, रुपन्देहीको आज बुटवलमा भएको विस्तारित भेलाले उनीहरुलाई सो जिम्मेबारी तोकिएको हो । त्यस्तैं भेलाले कार्यक्रममा सहभागि गराउंनका लागि महिलाका लागि निमकला पुन, मधेशका लागि मुजिव अलि, युवाका लागि शंकर के.सी., जनजातिका लागि डी.बिं छन्त्याल, दलितका लागि शेरबहादुर वि.क.,विद्र्यार्थीका लागि मजिव अलिलाई जिम्मेबारी दिएको छ भने कार्यक्रमको प्रचारप्रसारका लागि क्रान्तिकारी पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष टेकबहादुर मास्कीरानालाई भेलाले जिम्मेबारी दिएको छ ।

भेलामा बोल्दैं पार्टी केन्द्रीय सचिवालय सदस्य प्रेमनाथ सुवेदीले राजनैतिक व्यवसायका विरुद्ध संघर्ष गर्नुपर्नेमा जोड दिनुभएको छ । भेला पार्टी रुपन्देहीका संयोजक भुलबहादुर सुनारीको अध्यक्षता र सचिवालय सदस्य के.जी.कुमार पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

पार्टीले भदौ २४ गते पर्सि बुटवलमा राष्ट्रिय स्वाधिनता र सरकारले भारतलाई निर्माण गर्न दिएको अपर कर्णाली परियोजना खारेजीको माग गदैं प्रदर्शनसहित विरोध सभ ागर्न लागेको जनाएको छ ।