काठमाडाँै, २३ भदौ । नेपाली काँगे्रसले आज एक विज्ञप्ति प्रकाशित गरी पोखरामा पहिरोका कारण धनजनको क्षति भएकोमा दुःख प्रकट गरेको छ ।
कास्कीको लेखनाथ नगरपालिका–४ खरानीटार फाँटमा गएराति गएको पहिरोले चन्द्रकली विकको घर पुरिदा तीन वर्षीय सलमान तामाङ, सात वर्षीया अञ्जली विक, नौ वर्षीया रजिना सुनार र १४ वर्षीय निसान सुनारको मृत्यु भएको र अन्य दुई जना घाइते भएका थिए ।
सो दलले घटनामा परी मृत्यु भएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा नेपाली समवेदना प्रकट गरेको । काङ्ग्रेसले घटनामा परी घाइते भएकाको उपचार तथा पीडितलाई राहत र सहयोग पु¥याउन पनि सरकारसँग माग गरेको छ ।