बेचबिखनको अभियोगमा पक्राउ

222

बेचबिखनको अभियोगमा पक्राउ

rescue

चितवन, २३ भदौ । चितवन जिल्ला प्रहरी कार्यालयले मानव बेचबिखनको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ ।

मकवानपुरको हाँडीखोला–७ घर बताउने २४ वर्षीया उर्मिला तामाङलाई कालिका नगरपालिका पदमपुरका १८÷१९ वर्षीया दुई युवती लिएर भारतको मजुनीमा राम्रो काम लगाइदिन्छु भन्दै फकाएर लैजाने क्रममा तामाङलाई नियन्त्रणमा लिइएको हो ।यसभन्दा अघि तामाङमार्फत भारतको मजुनीमा बेचिएकी ९नाम परिवर्तित० हरि कुमारीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बाबा आमा नभएकी ३ कक्षासम्म अध्ययन गरेकी कुमारी पहिलो पटक बेचिएको थाहा पाए पछि बिरामीको बहनामा अस्पताल पुगेर नेपालीको सहयोगमा स्वदेश फिर्ता भएकी थिइन । अभियुक्त तामाङले दिदी मायाँको साहारामा नेपालबाट नेपाली युवतीलाई भारत पु¥याउने गरेको प्रहरीको प्रारम्भिक अध्ययनले देखाएको प्रहरी प्रवक्ता दीपककुमार श्रेष्ठले बताउनुभयो ।

उनले बढी मात्रामा अभिभावक नभएका युवतीलाई भारतको कोठीमा पु¥याउने गरेको उहाँले जानकारी गराउनुभयो । चालु आवमा मनव बेचबिखनको यो पहिलो मुद्दा भएको तर आव २०७२÷०७३ मा भने छ वटा मानव बेचबिखनका मुद्दामा १८ जनालाई मुद्दा दर्ता गरी पुर्पक्षका लागि थुनामा पठाइएको छ । पछिल्लो समयमा चितवनको बाटो हुँदै मानव बेचबिखनका लागि युवती लगिने क्रम बढ्दो रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । रासस