दीपमा वक्तृत्वकला

347

दीपमा वक्तृत्वकला

deep-photo

बुुटवल, २४ भदौ । ३७ औं शिक्षा दिवश तथा अन्तराष्ट्रिय साक्षरता दिवशको अवसरमा बुटवल–१० सुख्खानगरमा रहेको दीप बोर्डिङ उच्च माध्यमिक विद्यालयले वक्तृत्वकला प्रतियोगिता गरेको छ ।

प्राविधिक शिक्षाको महत्व विषयक अङ्ग्रेजी माध्यमको प्रतियोगितामा सृजल पोखरेल प्रथम, स्वप्निल  कोइराला द्धितीय, इभा नेपाल तृतीय र समिता कुवँरले प्रोत्साहन स्थान प्राप्त गरेको निर्णायक दिनेश खड्काले जानकारी दिनुभयो ।

इन्ट्रयाक्ट क्लव अफ दीप बोर्डिङ र  रोटरी क्लव अफ बुटवलको संयुक्त आयोजनामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य टीकाराम न्यौपाने, रोटरी क्लव अफ बुटवलका अध्यक्ष आमोद प्रसाद सिमाङ्गैडा लगायतले बोल्दै शिक्षाले समाज  परिवर्तनमा मुख्य भूमिका खेल्ने भएकोले आधुनिक युगमा प्राविधिक शिक्षाको आवश्यक्ता औल्याउनुभयो ।

विद्यार्थीहरुलाई सैद्धान्तिक शिक्षामा मात्र सिमित नराखी जीवनोपयोगी प्राविधिक शिक्षा दिनेतर्फ शैक्षिक संस्थाहरु  क्रियाशिल  रहनुपर्नेमा जोड दिनुभयो ।

इन्ट्रयाक्ट क्लव अफ दीप बोर्डिङमा अध्यक्ष प्रविण पाण्डेको अध्यक्षता, क्लवका संयोजक महेश खनाल र दीविशा घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा छनौट भएका १६ जना विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।