बुटवल, २४ भदौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय सदस्य प्रेमनाथ सुवेदीले जनताको आन्दोलनबाटैं अपर कर्णाली परियोजना सम्झौता खारेज गर्ने बताउंनु भएको छ ।उहांले भारतीय जीएमआरले गरेको अपरकर्णाली सम्झैता खारेज गरेर नेपाली जनतालेनैं त्यो परियोजना सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय स्वाधिनताको रक्षा र अपरकर्णाली सम्झौता खारेजीको माग गदैं नेकपा क्रान्तिकारी माओवादी जिल्ला समिति,रुपन्देहीले आज बुटवलको मिडियाचोकमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गदैं उहां अपरकर्णाली सम्झौता खारेजीका लागि शसक्त आन्दोलनको खांचो समेत औल्याउंनुभयो । सक्ता स्वार्थ र सरकारमा जानकै लागि प्रमुख दलहरुले सन्धी सम्झौताका नाममा देश बेच्न समेत पछि नपरेको आरोप लगाउंदैं उहांले राष्ट्रिय स्वाधिनता रक्षाका लागि आफुहरुले बन्दुक बोक्न पनि तयार रहेको बताउंनु भयो ।
पार्टीका अवध राज्य समिति सदस्य टिपु सुल्तानले महंगी,भ्रष्टाचारी र कालाबजारीयालाई कारवाही नगरेसम्म देशको विकास सम्भव नभएको जिकिर गर्नुभयो । पार्टी,रुपन्देहीका संयोजक भुलबहादुर सुनारीमगरको अध्यक्षता र सचिवालय सदस्य के.जी.कुमार पौडेलको सञ्चालनमा भएको कार्यक्रममा पार्टी,रुपन्देही क्षेत्र नं ५ का इन्चार्ज विनोद मरासनीले पनि बोल्नुभएको थियो ।
पार्टीले कार्यक्रम पूर्व बुटवलको राजमार्ग चौराहस्थित लखनचोकबाट ¥याली निकालिएको र सो ¥यालीले बुटवल बजार परिक्रमा गरि बुटवलको मिडियाचोकमा पुगेर सभामा परिणत परिणत भएको थियो । पार्टीले केन्द्रीय समितिको घोषित संघर्षका कार्यक्रम अन्तरगत बुटवलमा प्रदर्शनसहित विरोध सभा गरेको जनाएको छ । त्यस्तैं पार्टीले अवध राज्य समिति अन्तरगत कपिलवस्तु र नवलपरासीमा पनि विरोध सभा सम्पन्न गरेको पार्टीले जनाएको छ ।