बिपीको शालिकमा माल्यार्पण

960

बिपीको शालिकमा माल्यार्पण

bp-btl

बुटवल, २४ भदौ । बिपीको जन्मजयन्तिको अवसर पारेर बुटवलका बिपी चोकमा रहेको बिपीको शालिकमा माल्यार्पण गरिएको छ ।

नेपाली काँग्रेस बुटवल नगर समितिको आयोजनामा उक्त शालिकमा माल्यार्पण गरिएको हो । उक्त कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले बिपीको तस्वीरमा माल्यार्पण गर्दै बिपिले दिएको बिचार र सिद्धान्त नेपाली काँग्रेसका मार्गदर्शन सिद्धान्त भएकाले बिपीको बिचारबाट कत्तिपनि विचलित हुन नहुने बताउनु भयो ।

बुटवल नगर समितिका सभापति खेलराज पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा नेता अष्टभुजा पाठक, क्षेत्र नं. ४ रुपन्देहीका सभापति हरिलम्साल, तरुणदलका सुशिल गुरुङ्, नगर उपसभापति बिमलराज भट्टराई, सचिव ज्योति भण्डारी लगायतले भनाई राख्नुभएको थियो ।