ट्रेड युनियनको परिषद बैठकको मिति तय

1.3K

ट्रेड युनियनको परिषद बैठकको मिति तय

बुटवल, २४ भदौ । नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीले परिषद बैठकको मिति तय गरेको छ ।

आज बुटवलमा बसेको युनियनको बैठकले आगामी असोज ८ गते बुटवलमा परिषद बैठक गर्ने निर्णय गर्दै उक्त कार्यक्रममा ट्रेड युनियन रुपन्देहीका संस्थापक तथा आन्तनिर्भर बन्नकालागि प्रयत्न र संघर्ष गर्ने ५ जना महिलालाई सम्मान गर्ने निर्णय गरिएको अध्यक्ष काजिमान श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त सम्मान कार्यक्रमको व्यबस्थापनकालागि नेपाल प्रेस युनियन रुपन्देहीका सभापति बिक्रम खड्कालाई जिम्मेवारी बैठकले प्रदान गरेको छ । सोही परिषद बैठकमा अनौपचारिक क्षेत्रका मजदुरका छोराछारीलाई शिक्षा प्रदान गर्नकालागि नेपाल ट्रेड युनियन काँग्रेसले बुटवलमा सञ्चालन गरेको अनौपचारिक बाल शिक्षा कार्यक्रमका वालबालिकालाई शैक्षिक समाग्री तथा बिद्यालय पोशाक समेत प्रदान गरिनेछ ।

बैठकले ट्रेड युनियनको जिल्ला कार्य समितिमा रिक्त सदस्य पदमा कृष्णमायाँ राना र यज्ञप्रसाद खनाललाई मनोनयन गर्ने निर्णय गरेको छ । त्यस्तैगरी बैठकले बिभिन्न आवद्ध संस्थाका पदाधिकारी सदस्यहरुलाई कार्यक्रम सञ्चालन, तथा नेतृत्व बिकास सम्बन्धि तालिम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै आवद्ध संस्था व्यूटिसियन संघ रुपन्देहीकी अध्यक्ष रेनु कर्माचार्यलाई परेको पितृ शोकमा शोक समवेदना प्रस्ताव पारित भएको छ । अध्यक्ष काजिमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष रेश्मीराज गैरे, पश्चिमाञ्चल क्षेत्रीय सहसचिव तुलाराम गुरुङ्, युवा समितिका संयोजक कबिन्द्र नेपाल लगायतले भनाई राख्नुभएको थियो ।