स्थानिय उत्पादन विक्री केन्द्र शिलान्यास

245

स्थानिय उत्पादन विक्री केन्द्र शिलान्यास

बुटवल, २४ भदौ । विद्यालयलाई आत्मनिर्भर बनाउने उद्धेश्यले बुटवल उपमहानगरपालिका ३ गढिटोलस्थित उजिरसिंह माध्यमिक विद्यालयले स्थानिय उत्पादन विक्री केन्द्र निर्माण थालेको छ ।

तीन करोड ६५ लाख रुपैंया लागत अनुमान गरिएको उक्त केन्द्रको भवन शिलान्यास पूर्व अर्थमन्त्री विष्णु पौडेलले आज एक समारोहवीच गर्नुभएको छ । उक्त भवनको निर्माणको टेण्डर स्विकृत भई काम समेत अघि बढेको छ ।

दुईतले उक्त केन्द्रमा १० कक्षाकोठा र १७ वटा व्यापारिक कक्ष(सटर) निर्माण गरिने प्रधानाध्यापक मोहमद मुहवुव खाँले बताउनु भयो । यसका लागि सरकारले २ करोड ७५ लाख रुपैंया अनुदान प्रदान गर्नेछ । बाँकी रकम नगर विकास कोषको ऋण र विद्यालयको आम्दानीबाट पूर्ति गर्ने कार्यक्रम छ ।