
राम प्रसाद भण्डारी /
बुटवल, २६ भदौ । लियो कलव अफ बुटवल खस्यौली युथले पाल्पाको सुकेतालको भ्रमण गरेको छ । क्लवले पाल्पामा रहेको ऐतिहासीक क्षेत्र अन्र्तगत पाल्पाको सुकेतालको भ्रमण गरेको हो ।
सामाजीक काममा सत्रिय हुदै आएको क्लवले स्थानीय स्तरमा रहेका पर्यटकीय सम्भावना बोकेको विभिन्न स्थानको प्रचार प्रसार गर्ने उद्धेख्य अनुरुप पाल्पाको सुकेतालको भ्रमण गरिएको क्लवका अध्यक्ष सुदिप वेलावसेले बताउनुभयो । पाल्पाको दोभान गाविस ९ मा रहेको सुकेतालले पर्यटकीय महत्व बोकेको पार्ईन्छ ।
तर सडक लगायत भौतिक सुविधाको अभावमा ओझेलमा परेको सुकेतालको प्रचार प्रसार गर्नको लागि क्लवले दुई दिन सुकेतालको अवलोकन भ्रमण तथा युथ क्याम्प गरेको क्लवका सचिव बिकास गौतमले जानकारी दिनुभयो । भ्रमणमा क्लवमा आवद्ध १३ जना सदस्यहरुको सहभागीता रहेको थियो ।
भ्रमणका क्रममा क्लवले सुकेताल क्षेत्रको महत्व, संरक्षणका लागि गरिएका प्रयास लगायतका विषयमा स्थानीय संग अन्तरक्रिया समेत गरेको छ । भ्रमणका क्रममा सुकेतालमा अवस्थित होम स्टे, स्थानीय कला सस्कृती लगायतको अवलोकन गरिएको कार्यक्रम संयोजक विजय पन्थले जानकारी दिनुभयो ।
भ्रमणमा क्लवका पुर्व अध्यक्षहरु सहित लियो जिल्ला परिषद ३२५ वी २ का एरिया संयोजक सरोज कडेल, लियो शिक्षा प्रमुख सितल ज्ञवाली, सिनियर लियो रमेश अर्याल लगायतको पनि सहभागीता रहेको थियो ।