मधेशमा पिरती गास्दै बाबुराम,नयां शक्ति जन्माउने धम्की

459

मधेशमा पिरती गास्दै बाबुराम,नयां शक्ति जन्माउने धम्की

baburam-in-bhairahawa-1रुपन्देही,असोज । एमाओवादी पार्टी परित्याग गरेर तराई मधेशका जिल्लाको दौडाहामा रहनु भएका पुर्व प्रधानमन्त्री डा.बाबुराम भटट्राईले नयाँ पार्टी खोल्ने घोषणा गर्नु भएको छ ।
उहाले लोकतान्त्रिक उपलब्धीलाई जोगाउन पुराना पार्टी र मुलुकको विकास गर्नलाई पुरानो एजेण्डाले नसक्ने भएको हुदाँ नयाँ एजेण्डा सहितको नयाँ शक्ति मुलुकमा अवश्यकता रहेको बताउनु भयो ।
रुपन्देहको धकधई क्षेत्रमा मधेस आन्दोलनको समर्थन तथा वर्तमान शासन विरुद्ध विशाल विरोध सभालाई सम्बोधन गर्दै उहाले प्राप्त लोकतान्त्रिक उपलब्धीलाई जोगाउन र नपुगेका अधिकारलाई पुर्णता दिलाएर केही दशक आर्थिक विकासको समृद्धि निर्माण गर्नुपर्ने बताउनु भयो ।
उहाले भन्नु भयो तराई मधेस प्रचुर सम्भावना हुदा हुदै पनि यहाँका जनता गरिब छन्, युवाहरु वेरोजगार भएर विदेशिएका छन्, यसको अन्त्य गर्नको निम्ती हामीले केही दशक सम्पुर्ण शक्ति केन्द्रित गरेर मुलुकमै उद्योग कलकारखाना खोलेर नेपाललाई हराभरा र समृद्ध बनाउनु पर्छ । उहाले यही एजेण्डा पुरा गर्नका लागि नयाँ शक्तिको आबश्यकता रहेको बताउनु भयो ।

baburam-in-bhairahawa-4उहाले हिजोको पुरानो शक्तिले अबको आर्थिक क्रान्ति सम्भव नभएको भन्दै नयां शक्तिको निर्माण गर्ने धेयका साथ आफुले पुरानो पार्टी परित्याग गरेको बताउनु भयो । नेता भट्टराईले सबैको सल्लाह लिएर मात्रै नयां शक्ति कस्तो र कसरी निर्माण गर्ने भन्ने टुङगो लाग्ने बताउनु भयो । उहाले आफुले छाडेको पार्टिलाई पुरोनो भत्केको घर भन्दै त्यसमा कुनैपनि हालतमा नर्फकने बताउनुभयो ।
पार्टीहरु आवश्यकता अनुसार बन्छन्, आवश्यकता अनुसार भत्कीन्छन् पनि उहाले भन्नु भयो अब हामी नयाँ युगमा प्रवेश गर्दै छौँ । उहाले एकिकृत नेकपा माओवादी पार्टीको एजेण्डा पनि पुरानो बन्यो, त्यो अब एउटा भत्केको घर सरह भइसक्यो, भुकम्पले भत्काएको घरमा जसरी रेड स्टिकर लाग्छ, त्यसरी नै एमाअवोदी पार्टीमा पनि रेड स्टीकार लागेको छ र त्यो रेड स्किटर लागेको घरमा बस्न जोखिमपुर्ण भएको कारण पार्टीबाट बाहिरिहेको हु उहाले भन्नु भयो ।कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वप्रधानमन्त्री भट्टराईले मधेस आन्दोलनमा आफ्नो सर्मथन रहेको बताउँदै आन्दोलन अझै पुरा भइनसकेको बताउनु भयो ।