दुर्घटनामा दुईको मृत्यु, एकको अवस्था गम्भीर

516

दुर्घटनामा दुईको मृत्यु, एकको अवस्था गम्भीर

logoबुटवल, १७ असोज / पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकामा साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एकको अवस्था गम्भीर रहेको छ ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको लु५प ९६१८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु१प ४३७७ नम्बरको मोटरसाइकल सैनामैनाको कालिकाचोकमा एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते तीन जनालाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको थियो । उपचारकै क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक धु्रवबहादुर सिलवालका अनुसार मृत्यु हुनेमा लु१प ४३७७ नम्बरको मोटरसाइकल चालक कपिलवस्तु मोतिपुर–४ का २५ वर्षीय विक्रम पाण्डेय र लु५प ९६१८ नम्बरको मोटरसाइकल चालक कपिलवस्तु बाँढगङ्गा निवासी ३५ वर्षीय रुद्रप्रसाद पोखरेल रहेका छन् ।
मोटरसाइकल पछाडि सवार एक महिलाको भने अझै पहिचान खुलिनसकेको तथा अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।